दोस्रो चरणको खेलमा आयोजक रसिया र इजिप्ट खेल सुरु

रसियामा जारी विश्वकप फुटबल अन्तर्गत समूह ‘ए’ को खेल अहिले सेन्ट पिटर्सवर्ग रंगशाला रसिया र इजिप्टबीच खेल सुरु भएको छ। आयोजक रसिया र इजिप्टबीचको खेल नेपाली समयअनुसार ११.४५ मा  सुरु भएको हो । यसअघि रसियाले साउदी अरब  र इजिप्टले उरुग्वेसँग एक—एक खेल खेलेका छन् । रसियाले साउदी अरबसँग आफ्नो उद्घाटन खेलमा  साउदी अरबलाई ५—० गोल अन्तरले पराजित गरेको थियो भने इजिप्ट उरुग्वेसँग १—० गोल अन्तरले पराजित भएको थियो । यस अघि एउटा खेल जिती सकेको रसिया आजको खेल आफ्नो हातमा पार्दै  प्रिक्वाटरफाइनलमा पुग्ने लक्ष्यमा छ भने  । उरुग्य संग हार बेहोरेको इजिप्ट…

Read More

नेयमारले विश्वकपका आगामी खेलहरु नखेल्ने सम्भावना

ब्राजिलियन स्टार नेयमारले रुस विश्वकपको बाँकी खेल गुमाउनसक्ने भएका छन् । जारि रुस विश्वकपको पहिलो खेलको क्रममा भएका फाउलहरुले नेयमार ब्राजिलको आगामी खेलमा अनुपस्थित हुनसक्ने आशंका बढेको छ । स्विट्जरल्याण्डसँगको खेलको क्रममा नेयमारले १० भन्दा माथि फाउल गरेका थिए । १–१ को बराबरी भएको उक्त खेलमा भएको फाउलहरुको कारण उनको गोलिगाँठोको चोट बल्झिएको हुनसक्ने बेलायती अनलाइन पत्रिका द सनले बताएले छ । आगामी खेलको लागि तयार हुन नेयमारलाई केही दिनको आराम आवश्यक रहेको बताइएको छ। स्विट्जरल्याण्डसँगको खेलमा नेयमारमाथि भएको फाउल सन् १९९८ पछि अहिलेसम्म कुनै पनि खेलाडीमाथि सबैभन्दा धेरै पटक…

Read More