अब चाडै सुनतस्करीका ठूलाठूला माछालाई कारबाही गर्छु – गृहमन्त्री थापा

गृहमंत्री रामबहादुर थापाले संगठित सुन तस्करीमा संलग्न ठुलो माछाहरु पनि पक्राउ गर्ने बताएको छन्। आफ्नो कार्यकाल सय दिन पुगेको अवसरमा मंत्रालयमा आयोजित पत्रकार संमेलनमा मन्त्री थापाले सुन तस्करीमा संलग्न कसैले पनि मुक्त्ति नपाउने बताएका छन्। थापाले भने” सुन तस्करीमा संलग्न भुरा देखि मझौला सम्मका माछाहरु पक्राउ परिसकेका छन्। अब केहि दिनमै ठुलो माछा पनि पक्राउ पर्ने छन्।

संगठित सुन तस्करीका अनुसन्धान गरिरहेको विषेष समितिको म्याद सकिनै लाग्दा पुन: त्यही समितिकै म्याद थपिने र अझ सुन तस्करी शसक्त रुपमा छानविन हुने उनले बताए ।
केहि दिनअघि पुर्वुच्च प्रहरी अधिकारीले अनुसन्धानमा त्रुटी रहेको भन्दै दिएको प्रतिक्रियाको मंत्रीले कडा रुपमा खण्डन गरे।
छानविन कमजोर पार्ने र तस्करीलाई संरक्षण गर्ने कुनै नै कुनै रुपमा चलखेल भएको बताउदै आफुहरु सहि मार्गमा रहेको प्रस्ट पारेको छन्।
                                                ३३ किलो सुन बाटैवाट हराए पछि त्यही सुन तस्कारिका भरिया सनम शाक्यको यातनाकै क्रम्मा मृत्यु भएपछि संगठित सुन तस्करी बाहिर आएको थियो। सरकारले अहिले सम्म संगठित सुन तस्करीमा संलग्न कोहि व्यक्तिलाई पक्राउ गरिसकेको छ। पक्राउमा पर्नेमा मुख्या योजनाकार भनिने ‘गोरे’ , एसएसपि श्याम खत्री, छिरिङ वाङगेल ‘घले’ लगाएत अन्य थप व्यक्तिलाई पक्राउ गरिसकेको छ।

Related posts

Leave a Comment