गैरकानुनी रुपमा अमेरिका जाने २३ नेपालि नाइजेरिया बन्धक

अलग बाटोमा हुदै अमेरिका लैजान्छु भनि २३ नेपालीलाई मानव तस्करिहरुले नाइजेरियाको लेगोसमा बन्धक बनाएर राखेको खुल्नमा आएको छ। २२ महिना अघि थाइल्यान्ड हुदै नाइजेरिया पुर्याइएका नेपाली युवालाई एउटा होटलमा बन्धक बनाएर राखेको छन्।

नेपालबाट गैरकानुनी हैसियतमा दिल्ली बाट ३० जना नेपाली तल्लो बाटो हुदै अमेरिका गएका थिए तर ६ जना नेपालीहरु नाइजेरियाबाटै दलालको पन्जाबाट उम्केर नेपाल आइसकेका छन्। उनीहरुले काठमाण्डौ र परराष्ट्रमा निबेदन पछि एक जना स्थानिय दलाललाई प्रहरीले  पक्राउ गरिसकेको छ।

हाल बन्धक बनाइएका बाग्लुंङका विविन्द्र प्रसाद श्रेष्ठका दाजु रविन्द्रले दिएको जानकारी अनुसार विविन्द्रले अमेरिका जानको लागि दलाललाई २५ लाख रुपयाँ बुजाई सकेका छन्। हाल बन्धक बनाइएका नेपालिलाई पासपोर्ट बिना इलिगल बनाइएर राखिएका छ।

बिदेश उडेका सबैलाई दिल्ली बाट  लेगोस,मेक्सिको हुदै अमेरिका लैजाने भनिएका थियो। तर उनीहरुलाई बाटैमा बन्धक बनाएर राखिएको छ ।

गैर आवासीय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापाले नाइजेरियामा बन्दक बनाइएका २३ नेपालीलाई उद्दार गर्ने बताएका छन्। हाल काठमान्डौ आएको थापाले तत्काल नाइजेरिया फर्केर घर फिर्ताको लागि आवस्यक पहाल गर्ने बताएका छन्। अहिले पनि गैरकानुनि रुपमा तल्लो बाट भएर अमेरिका जानेको संख्या बढ्दो क्रममा छ।

Related posts

Leave a Comment