प्रदेश ५ को सरकारले पाच वर्षभित्र सबै युवालाई रोजगार दिने यस्तो छ तयारी

प्रदेश ५ को सरकारले शुक्रवार निति तथा कार्याक्रम सार्वजनिक गरेको छ। प्रदेशको अस्थाई राजधानी बुटुवलमा बसेको प्रदेशसभा बैठकले आगामी बर्षका लागि आफ्नो योजना र नीति तय गरेको हो।

सरकारका तर्फबाट सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख उमाकान्त झा ले १२ वटै जिल्लालाई समेट्ने गरेर सन्तुलित बिकाश गरि ५ नम्बर प्रदेशलाई नमुना प्रदेश बनाउने बताएका छन्। सरकारको कामलाई छरितो र जनउत्तरदायी बनाउदै सहकारी र निजि क्षेत्रसंग साझेदारी गरि उधमशिलाताको  माद्यमबाट ५ वर्षा भित्र प्रदेशका सबै युवालाई रोजगारीको सुनिस्चित गर्ने बताइएको छ।

‘समृद् प्रदेश खुसि जनता’ को लक्ष्य र सुशासन र पार्दशिकता कायम गर्न ‘हामी जनताका मालिक होइन सेवक हौ’ भन्ने मान्यतालाई मार्गदर्शनको रुपमा ग्राहण गर्ने नीति तथा कार्यक्रममा बताइएको छ। सोहि नीति तथा कार्यक्रममा समय भन्दा अगाडी काम सम्पन्न गर्ने ठेकेदारलाई पुरस्कृत तथा सम्मान गर्ने  र सम्जौता अनुसार तोकिएको समयमा काम नसक्ने ठेकेदारलाई कारवाही तथा प्रदेशका कुनैपनि निर्माण तथा सरकारी काममा संलग्न नगराइने नीति पनि लिएको छ।

श्रमिकलाई पारिश्रमिकको ग्यारेन्टी गर्ने सडक सिचाई,स्वास्थ्य,शिक्षा,खानेपानी,कृषि,पर्यटक,उद्दोगको माध्यमबाट प्रदेशमा आर्थिक समृति हासिल गर्ने बताइएको छ नेपालगन्ज-कोहलपुर ,घोराही-तुलसीपुर र  बुटवल -भैरहवालाई समेटेर महानगर बनाउने, बुटवल -नेपालगन्ज र घोराही- तुल्सीपुरमा विधुतीय बस संचालन गर्नको लागि अध्ययन गरिने बताएको छ।

नेपालगन्जलाई औधोगिक राजधानी दाङ,भैरहवा ,चन्द्रौटालाई औधोगिक करिडोर प्रदेश स्मार्ट कृषि गाउ कार्यक्रम मार्फत सिचाई ,सडक ,विधुत र संचारले कृषि क्षेत्रलाई जोडेर आधुनिक र व्यवासायिक कृषि प्रणाली बनाइने उल्लेख गरिएको छ।

Related posts

Leave a Comment