ललिरपुरमा भेटियो बोइलर कुखुरामा बर्डफ्लुको जीवाणु

ललितपुरको गोदावरी नगरपालिकामा सन्चालित ५ वटा कुखुरा फार्ममा बर्डफ्लुको जीवाणु भेटिएको छ। प्रयोगशालामा वर्डफुल जीवाणु भेटीएपछी ५ वटा फारममा करिव ५ हजार कुखुरा नस्ट गरिएको छ।

पशु सेवा कार्यालयका प्रमुख मोगल प्रसाद शाहले दिएको जानकारी अनुसार गोदावरी २ महादेवडाडामा सन्चालित उमेश सिलवाल ,अनु थापा,हरिशरण आचार्य ,रामप्रमाद प्रहरी र बिश्वाभर सिलवालको कुखुरा फारममा वार्डफुल जीवाणु भेटिएको हो।

पछिल्लो समयमा कुखुरामा वार्डफुल जीवाणु भेटिएपछि बजारमा कुखुराको माग हवात्तै गटेको छ। कुखुरा ब्यबसायी अनुसार कुखुराको  बिक्रि पहिलेको तुलनामा ५० प्रतिशत कम छ।

सरकारले कुखुरामा बर्डफ्लु जीवाणु भेतिएपछी आम सर्वासाधारण मानिसलाई बिना परिक्षण बजारमा राखिएको कुखुराको मासु नखान आग्रह गरेको छ।

Related posts

Leave a Comment