मकवानपुरमा चट्याङ्ग लागेर एकको मृत्यु

मकवानपुरमा चट्याङ्ग लागेर शुरबार एक जनाको मृत्यु भएको छ। मकवानपुर गडी गाउपालिका २ का ६२ बर्षीय ठुलीमाया नेगीको चट्याङ्ग लागेर मृत्यु भएको हो।

मकवानपुर प्रहरी प्रवक्ता डीएसपी दिलिप झाले बताए अनुसार चट्याङ्ग लागेर गाइते भएकि ठुलीमाया नेगी उपचारको क्रममा हेटौडा अस्पतालमा मृत्यु भएको हो।

उनिसंग चट्याङ्ग लागेर अन्य थप २ जनापनि घाइते भएका छन् घाइते सोहि गाउ निबासी बुद्दिलक्ष्मी डिमडुंग र चिनीमायाको हेटौडा अस्पतालमा उपचार भैरहेको प्रहरिले जानकारी दिएको छ।

हावाहुरीसंगै परेको पानिको समयमा घास काट्न भनि घरबाट निस्कदै गर्दा ठुलीमाया नागीलाई चट्याङ्ग लागेको थियो । यसअघि गत मंगलबार मकवानपुरमै चट्याङ्ग बाट २ जनाको मृत्यु भै सकेको छ।

Related posts

Leave a Comment