ठुलो दुर्घटना हुनबाट जोगियो तारा एयर

नेपालगन्जबाट जुम्लाको लागि उडेको तारा एयरको जहाज जुम्ला विमानस्थलमा ठुलो दुर्घटना हुनबाट जोगिएको छ। नेपालगन्ज विमानस्थलबाट दिउसो सवा २ बजे उडेको जहाज जुम्ला बिमानस्थालमा ल्याण्ड गर्ने क्रममा टायर पन्चर भएपछी दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी डा. तपनकुमार दाहालका अनुसार ९ एन-एसभी कुलसाइन भएको तारा एयर रनवे छाडेर झन्डै ५० मिटर घासको मैदानमा गुडेको थियो।

जहाजमा १६ जना यात्रु, एक बालक, एक शिशु र तिन जना चालकदल गरेर १९ जना सवार थिए। जहाज रनवेमा लाण्ड गर्ने बित्तिकै जम्प गरेको थियो। जम्प गरेर रनवे टेक्दै गर्दा टायर पन्चर भएर अनियन्त्रित भएको थियो जहाजलाई क्याप्टेन जे के निरौला र कोपाइलट हिक्मत रोकायाले उडाएका थिए। ठुलो दुर्घटनाबाट जोगिएका यात्रुहरुले आफुहरुले पुनर्जन्म पाएको बताएका छन्।

Related posts

Leave a Comment