चीनले नेपालको तातोपानी र रसुवागढी नाकामा अत्याधुनिक पुल बनाइदिने

चिनियाँ सरकारले नेपाल जोड्ने दुई प्रमुख नाकामा नयाँ मितेरी पुल बनाइदिने भएको छ। तातोपानी नाका र रसुवागढी नाका पर्ने दुइ स्थानमा पुल बनाउन लागेको हो । पुरानो पुल भत्काएर अनुदानमा नयाँ पुल बनाइदिने चिनियाँ प्रस्ताव आइतवार मंत्रिपरिषद बैठक स्वीकार गरेको हो।

प्रधानमन्त्री के पी ओली असारको पहिलो साता चीनकै औपचारिक भ्रमणका एजेण्ड तय गर्ने क्राममा तातोपानी र रसुवागढी धुबै स्थानमा पुराना पुल भत्काएर नयाँ आधुनिक पुल बनाउने प्रस्ताब चिनियाँ पक्षले गरेको हो । ठुलो अत्याधुनिक बन्ने पुलको लम्बाई र प्रकार बारे अहिले उल्लेख गरिएको छैन ।

२०७२ बैशाखको भुकम्पछी हाल तातोपानी नाका बन्द अवस्थामा छ। यी पुल निर्माण संगै फेरी नाका खुल्ने संकेत देखिएको छ। उक्त नाका खोल्नको लागि हाल तिब्बत सरकारले आफ्नो तर्फको सडक समेत निर्माण कार्य गरिरहेको छ।

मितेरी पुलको निर्माणबारे आगामी असार पहिलो सातामा हुने प्रधानमन्त्रि ओलीको भ्रमणका क्रममा हुने भएको छ। चितवन यो भन्दा अगाडी नै तातोपानी नाकाबाट कुन मोडलको समान ल्याउने चासो राखेको थियो। न्यालोमबाट सुक्खा बन्दरगालार्चा सिधा समान ल्याउनेअवधारण चिनले लिएको छ।

हाल निर्माण भैरहेको नेपाल चिन जोड्ने रेलमार्ग काठमान्डौ हुदै पोखरा र लुम्बिनी पुर्याउने नेपाली पक्षको अध्ययन मस्यौदा सरकारले चीनयाँ पक्षलाई बुझाई सकेको छ। चिनियाँ रेलमार्ग र नेपाल चिन जोड्ने नाका संचालमा आएपछि नेपाल र चिनको ब्यापारिक र दुई देशको सम्बन्ध अझ मझबुत हुने आशा गरिएको छ।

Related posts

Leave a Comment