काठमाण्डौमा खाने दुधमा लुगा धुने सोडा मिसाउने गरेको पाइयो

काठमाण्डौमा खाने दुधमा मानिसको शरीरलाई प्रतिकुल असर पार्ने कपडा धुने सोडा मिसाउने गरेको पाइएको छ। खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभागलेको  केन्द्रिय प्रयोगशालाले लिएको परिक्षणबाट गर्मीयाममा दुधलाई फाट्नबाट जोगाउनको लागि दुध प्रशोधन उधोगले सोडा मिसाउने गरेको पाइको हो।

हाल काठमाण्डौ उपत्यका भित्र ३० दुध डेरी प्रशोधन उधोग छन। ति मध्य २५ डेरीमा उक्त परिक्षण लिएको थियो। नमुना जाजको  क्रममा ‘न्यूट्रलाईजर ‘का रुपमा सिडियम बाइकाब्रोर्नेट, सिडियम कर्बोनेट र सोडियम हाइड्रोअक्साइड गरि ३ वोटै रसायन (क्षार )का मिसावट हुने पाइएको छ।

मानिसको स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरि दुधमा रसायनको मिसावट हुने पाइएपछि कृषिमंत्री चक्रपणी खनालले मातिसको स्वास्थ्य जस्तो गम्भीर बिषयसँग खेलवाड गर्ने यी दुध प्रशोधन उधोग कसैलाई पनि नछोड्ने बताएका छन्। उनले भने ” म नयाँ मापदण्ड बनाउदै छु के के गर्नुपर्ने हो सबै निर्देशन दिइएको छु, उधोग मंत्रालय सँग मिलेर नयाँ मापदण्ड बताएर यस्ता उधोग हरुको अनुमति पत्र रद्द गरेर कारबाही गर्नेछु” काठमाण्डौ भित्रिने दुधमा कस्टिङ सोडा बाहेक चिनी तथा युरिया पनि मिसावट भएको देखोएको छ।

यस्ता रसायनको प्रयोगले गर्दा मानिसमा क्षयरोग,कोलिपर्म जस्ता जीवाणुले  मानिसमा संक्रमण गर्दछ । यस्तो कमसल उपभोग्य बबस्तुबाट मानिसको स्वास्थमा प्रतिकुल असर पार्ने भेटिएमा उपभोक्ता संरक्षण ऐनमा १४ वर्ष जेल ५ लाख जरीवान रहेको छ ।

Related posts

Leave a Comment