ताप्लेजुङमा आफ्नै पत्नीलाई बलात्कार गर्ने एक व्यक्तिलाई ३ बर्ष कैद

ताप्लेजुङमा आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। बुधबार पत्नीको अनुमति बिनानै जबरजस्ती यौन सम्पर्क राख्न खोजेको भन्दै श्रीमतीले प्रहरीलाई खबर गरेपछि उनलाई पक्राउ गरिएको हो।

जिल्ला अदालत ताप्लेजुङले सोहि व्यक्तिलाई ३ वर्ष कैद र ५० हजार पिडित महिलालाई क्षतिपुर्ति दिलाउने आदेश दिएको छ।  जिल्ला अदालतका न्यायाधिस कृपासुर कार्कीका अनुसार कानुनमा कुनैपनि महिलालाई अनुमति अर्थात सहमति बिना नै जबरजस्ती करणी गर्न खोज्नेलाई ३ वर्ष सम्म कैद र पिडितको गुनासोको आधारमा उनलाई क्षतिपुर्ति दिने निर्णय अदालतले गरेको हो ।

ताप्लेजुङ फुडलिङ नगरपालिका घर भइ फक्तालुंग गाउपालिका बस्दै आएका श्रीमती लाई जवरजस्ति करणी गर्ने ब्याक्तिको नाम भने गोप्पे राखिएको छ। पीडकले दिएको बयानको क्रममा जयजेथा नभएको बताएका छन् अदालतले उनको जयजेथा भए त्यसैबाट र जायजेथा नभए सरकारबाट पिडितलाई क्षतिपूर्ति दिलाउन आदेश दिएको हो।

हाल प्रतिवादी भने फरार छन् फागुन २६ गत्ते मुलीवी राखिएको मुद्दा दुई वर्षपछि २०७४ माग २६ गत्ते ब्युतेको थियो । अदालत बयानको क्रममा पिडितले श्रीमानले २ वटी बिहे गरेको र कान्छी श्रीमतीलाई लिएर बाहिर बस्दै आएको थियो केहि समय पछि फर्केर आफुलाई जबजस्ती करणी गरेको बताएकि छिन ।

अदालतले तिन वर्ष जेल सजाए सुनएपछी फरार रहेका आरोपितलाई प्रहारिले खोजीकार्य तिब्र पारेको बताएको छ ।

Related posts

Leave a Comment