मन्त्रीलाई प्रश्न सोधेकै भरमा कार्यकम नै बन्द

सुचना तथा सन्चार प्रबिधिमंत्री गोकुल बास्कोटालाई सम्पति विवरणमाथि प्रश्न सोधेको कारण नेपाल टेलिभिजन १२ वर्ष देखि प्रसारण हुदै आएको सिधा प्रश्न कार्यक्रम बन्द भएको छ।

कार्यक्रम संचालक राजु थापाले मन्त्रि बास्कोटाको निर्देशन टेलिभिजन ब्यवास्थापानले कार्यक्रम रोकेको आरोप लागेको छन्। उनले आफ्नो फेसबुक मार्फत यो कुरा खुलेका हुन्  नेपाल टेलिभिजन शनिवार राति ८:४५ बजे प्रसारण हुने सिधा प्रश्न कार्यक्रममा २ साताआगि मन्त्रि बास्कोटालाई कार्यक्रम संचालक राजु थापाले कम्युनिस्ट मन्त्रिहरुको दाइजोमा धेरै सम्पति देखियो भन्ने आलोचना छ नि ? भन्ने प्रस्न सोधेका थिए।

बास्कोटाले मन्त्री भएपछि सावजनिक गरेको सम्पति विवरणमा उनीसँग १७ तोला सुन र ६० तोला चादी रहेको उल्लेख छ। सम्पति विवरणमा मन्त्रिले आफुसंग भएको सुन र चादी पैत्रिक र बिबाहमा प्राप्त भएको उल्लेख गरेको छन् यहि बिषयमा केन्द्रित रहेर संचालक थापाले सुचना तथा संचार मन्त्रि संग कार्यक्रम चलाएका थिए  कार्यक्रमको दौरान बास्कोटालाई  उनको सम्पति विवरण देखाउदै दाइजोबिरोधी भनिएका कम्युनिस्ट मन्त्रि हरुले सम्पति विवरणमा दाइजोमा प्राप्त भएको सम्पति विवरण देखाएको बारे प्रश्न गरेका थिए। सुरुमा आफ्नो सम्पति विवरणमा दाइजो लिएको विवरण नराखिएको दाबि गरेका मन्त्रि बास्कोटालाई थापाले सम्पति विवरण कार्यक्रममै देखाईदिएपछि पुरै सुन चादि दाइजो नभएको दाबि गरेका थिए र पछी केहि मात्रा भएको स्वीकार गरेका थिए।

मन्त्रि बास्कोटा र थापाबीचको उक्त संबाद २ सातायता सामाजिक सञ्जालमा चर्चित बनेको थियो। थापाको उक्त कार्यक्रम प्रसारण भएको दुइ सातापछि टेलिभिजन ब्यावस्थापानले अब कार्यक्रम बन्द गर्न दबाब दिएको थापाले बताएका छन्।

थापाले १२ बर्ष देखि नेपाल टेलिभिजनमा करारमा कार्यक्रम उत्पादन गर्दै आएका छन् मन्त्रीलाई प्रश्न सोधेकै कारण मन्त्रीको दबाबमा कार्यक्रम बन्द भएपछी नेपाल पत्रकार महासंघले बिज्ञप्ति निकालेर प्रेस स्वतन्त्रता माथि ठाडो हस्तक्षेप भएको भन्दै घोर भत्सना गरेको छ।

Related posts

Leave a Comment