सरकार गर्यो बाजेको सेकुवा रेस्टुरेन्टका ६ ब्रान्च सिलबन्दी

साडे ३३ किलो सुन तस्करीका र सुन तस्करीका भरिया सनम शाक्यको हत्यासँग जोडिएको भन्दै चेन रेस्टुरेन्ट बाजेको सेकुवाका ६ वटा सेन्स काउन्टरमा सरकारले सिलबन्दी गरेको छ।

सरकारबाट गठित उच्चस्थरिय छानबिन समितिले संगठित अपराधबाट आर्जन गरेको सम्पति रेस्टुरेन्टमा प्रयोग भएको दाबि गरेको छ। संगठित निवारण ऐन ७० को ढफा ५१ अनुसार अदालतको अनुमतिमा समितिले अभियुक्त्तको सम्पति रोक्का गर्ने पाउने ब्यवस्था छ। समितिले  काठमाण्डौँका विभिन्न स्थानमा संचालित बाजेको सेकुवाका ब्रान्च अनामनगर, सोह्रखुट्टे, कमल ,पिखोरी, एरपोर्ट, गैरीधारा, सामाखुसीमा संचालित रेस्टुरेन्टमा छापा मारेको थियो।

संगठित अपराध ऐनमा संगठित अपराध गर्ने प्रयोग भएका जस्ता सुकै उपकरण बस्तु वा सधान जोसुकै ब्यक्तिसंग रहेपनि जफत हुन्छ। त्यस्तै अपराध गरेर कमाएको धन कानुनी रुपमा प्राप्त गरेको सम्पतिमा मिसाएको पाएमा त्यस्ता मिश्रीत सम्पति छानविन गरि छुट्टाएर जफत गरिने व्यवस्था छ । यदि त्यही मिश्रीत सम्पति समितिले छुटाउन नसके रकममा रुपान्तरण गरि जफत गरिने छ।

छानविन समितिले आरके ज्वेलर्सको ३५ केजी सुन र एक सय केजी चादी पनि जफत गरेको छ त्यस्तै सुन तस्करीमा संलग्न रहेको भन्दै सशस्त्र प्रहरी वलका डि.एस.पी सहित अन्य चार जनालाई सशस्त्र प्रहारीले निलम्बन गरेको छ।

Related posts

Leave a Comment