प्यूठानमा एक प्रेम जोडीले गरे प्रहरीकै अगाडी आत्महत्या

झिमरुक गाउँपालिका-५ ओखरकोट नेपाने प्युठानमा एक जोडीले प्रहरीकै अगाडि आत्महत्या गरेका छन्। हाडनाताभित्र प्रेम सम्बन्ध राखेको भन्दै अभिभावकहरुले प्रहरीमा उजुरी दिएपछि २२ बर्षीय शिरबहादुर जिसी र १७ वर्षीय श्रृष्टि निसोलले आत्महत्या गरेका हुन्।

शिरबहादुर र शृष्टिले  प्रेम सम्बन्ध राखी विवाह गरेको थाहा पाएपछि अभिभावकले इलाका प्रहरी कार्यालय मच्छीमा उजुरी दिएका थिए। गाउमा रहेका शिर बहादुर र नेपालगन्जमा १२ अध्ययनरत शृष्टि बिहे गरेर भारत तिर पस्थान गर्ने क्रममा माइती नेपाल ले सिमानाबाट प्रहरीलाई बुझाएको थियो। दुवै पक्षबीच इलाका कार्यालयमा मच्छिमा छलफल भएको थियो तर छलफलबाट सहमति हुननसके पछी उनीहरुलाई इलाका इन्चार्ज प्रहरी  नायब निरक्षेक जिबन शाह को जिम्ला लगाएर सदरमुकाम खलङ्गा पठाएको थियो

प्रहरीसंग जिल्ला सदरमुकाम खलंगा गैइरहेका केटि/केटीले बाटोमै बिष सेबन गरेर आत्यहत्या गरेको प्रहरीले बताएको छ। खलंगा स्थित खानेपानी चोकमा पानि खान्छु भनि पानि पिएका उनीहरु प्रहरी कार्यालयमा लडेका थिय। बिष पिएको थाहा पाएपछी प्रहरीले अस्पताल पुर्याएपनि उनीहरुको मृत्यु भएको छ।

प्रहरिको नियत्रणमा रहेका उनीहरुको प्रहरीको हेलचक्र्याइ ले ज्यान गएको भन्दै केटा र केटिका आफन्तले दोषीलाई कार्रवाही र क्षेतिपूर्तिको माग गर्दै प्रहरी कार्यालयमा नाराबाजी गरेका छन् ।

Related posts

Leave a Comment