जापानमा शक्तिशाली भूकम्प अहिले सम्म दुई जनाको मृत्यु

जापानको दोस्रो ठूलो शहर ओसाकालाई बढी मात्रामा प्रभावित गर्नेगरी सोमबार बिहान भूकम्प गएको छ। सो भूकम्पमा परी दुई जनाको मृत्यु भएको जापानिज मिडियाले बताएका छन्। जापानिज भूगर्भविद्ले बताए अनुसार ५.३ म्याग्निच्युडको भूकम्प गएको छ। त्यसमा थप अरु को पनि ज्यान गएको अनुमान गरिएको छ। तर पुष्टि भएको छैन।

जापान सरकारका प्रमुख सचिव यासिहिदे सुगाका अनुसार भूकम्पमा परी केही व्यक्ति घाइते भएका बताएका छन्। भूकम्पमा परि मृत्यु हुनेमा  ८० वर्षीय बृद्ध र नौ वर्षिया बालिका को ज्यान गएको हो सोमबार बिहानको गएको भूकम्पमा अहिले उद्धारकार्य जारी रहेको जापानको प्राकृतिक प्रकोप व्यवस्थापनसम्बन्धी अधिकारीले जानकारी दिएका छन्।
प्रमुख सचिव सुगाले भूकम्पमा परी २० जना स्थानीय घाइते भएका समाचार दाताहरुलाई बताउनु भएको छ। भूकम्प ५.३ म्याग्निच्युडको मात्र रहेको भए पनि धेरै गहिरोगरी यसको केन्द्रबिन्दु नरहेकोले क्षति हुन पुगेको बताइएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार ५.३ म्याग्निच्युडको मापन गरिएको सो भूकम्पको कारण विद्यायलको पर्खाल भत्किएर ती बालिकाको मृत्यु भएको थियो।
अर्का एकजना ८० वर्षीय वृद्धको पनि पर्खाल भत्किएर नै मृत्यु भएको जापानी सञ्चार माध्यमले जानकारी दिएका छन्। अर्का एक व्यक्ति आफ्नै घरमा पुस्तक राख्ने दराजमा च्यापिएकोले उनको उद्धार जारी रहेको बताइएको छ। स्नाथीय समयाअनुसार सोमबार बिहान ८ बजे सो भूकम्प गएको बताइएको छ। जापान विश्वको सबै भन्दा बढी भूकम्पीय सम्भाबना भएको देश हो जापानिज सरकार ले त्यहाका भौतिक संरचना भूकम्प प्रतिरोधात्मक बनाएकाले बेला बेला भूकम्प गएपनि मानबिय क्षति भने त्यति भयको पाइदैन ।

Related posts

Leave a Comment