दोस्रो चरणको खेलमा आयोजक रसिया र इजिप्ट खेल सुरु

रसियामा जारी विश्वकप फुटबल अन्तर्गत समूह ‘ए’ को खेल अहिले सेन्ट पिटर्सवर्ग रंगशाला रसिया र इजिप्टबीच खेल सुरु भएको छ। आयोजक रसिया र इजिप्टबीचको खेल नेपाली समयअनुसार ११.४५ मा  सुरु भएको हो ।

यसअघि रसियाले साउदी अरब  र इजिप्टले उरुग्वेसँग एक—एक खेल खेलेका छन् । रसियाले साउदी अरबसँग आफ्नो उद्घाटन खेलमा  साउदी अरबलाई ५—० गोल अन्तरले पराजित गरेको थियो भने इजिप्ट उरुग्वेसँग १—० गोल अन्तरले पराजित भएको थियो ।

यस अघि एउटा खेल जिती सकेको रसिया आजको खेल आफ्नो हातमा पार्दै  प्रिक्वाटरफाइनलमा पुग्ने लक्ष्यमा छ भने  । उरुग्य संग हार बेहोरेको इजिप्ट आजको खेल जसरि पनि आफ्नो हातमा पर्दै  प्रिक्वाटरफाइनलमा पुग्ने सम्भावनालाई  जिवितै राख्ने दाउमा छ

उरुग्वेविरुद्धको पहिलो खेलमा मैदान बाहिर नै रहेका इजिप्टका फरवार्ड तथा भरपर्दा खेलाडी मोहमद सलाह रसियाविरुद्धको खेलमा भने मैदानमा उत्रिएका छन् ।

Related posts

Leave a Comment