रबि लामिछाने विरुद्ध मुद्दा दर्ता तिन बर्ष सम्म कैदको सजाए हुन सक्ने

संचारकर्मी तथा लोकप्रिय पत्रकार रबि लामिछाने विरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता भएको छ।  छोटो समयमा नेपालको पत्रकारितामा निकै चर्चा बटुल्न सफल लामिछाने पछिलो समयमा सामाजिक संजालमा लोकप्रियता संगै पटकपटक बिबादमा आएका थिए।

लामिछाने विरुद्ध कुमुद लोहोनी र लक्ष्मण बिकले मुद्दा दर्ता गराएका हुन् । लामिछाने न्युज ट्वान्टी फोर टेलिभिजनमा प्रसारण हुने कार्यक्रम सिधा कुरा जनाताका संगका निर्माता तथा कार्यक्रण संचालक हुन् ।

प्रेस काउन्सिलमा परेको मुद्धामा लामिछाने माथि व्यक्तिको घर तथा कार्यालयमा बल जबर्जस्ति घुस्ने गरेको , बिदेशी नागरिक भएर पनि नेपालमा अबैध रुपले बस्दै आएको आदि बिबिध मुद्दालाई उठाएर कानुन बमोजिम कडा कारबाहीको माग गर्दै उजुरी दर्ता गरिएको छ

उजुरी परेपछि प्रेस काउन्सिलले छानबिनको काम तिब्र पारेको छ। हालसम्मको छानबिन तथा अनुशन्धानबाट रबि लामिछानेले ३ वटा कानुन उल्लंघन गरेको प्रेस काउन्सिलले दाबि गरेको छ ।

लामिछाने विरुद्ध परेको मुद्दा अहिले गृह र संचार मन्त्रालय बीच छानबिन भैरहेको छ । यदि उनि विरुद्ध परेको मुद्दामा उनि दोषी देखिए लामिछानेलाई तिन बर्ष कैद र तिस हजार जरिमानाको सजाए हुनेछ ।

सिधा कुरा जनतासंग मार्फत लामिछानेले देश तथा बिदेशमा रहेका नेपालि चेली बेटीको उद्दार, भ्रस्टाचारका बिरुद्ध, मेनपावर,दलाली, ठग ,शोषण विरुद्ध सशक्त कलम चलाएर नेपाली संचार क्षेत्रमा छुट्टै परिचान बनाएका थिए ।

Related posts

Leave a Comment