भक्तपुरमा टिपरको ठकरबाट एक जनाको मृत्यु

भक्तपुरमा टिपरको ठकरबाट एक जनाको ज्यान गएको छ। आज बिहान ५ बजेर ३० मिनेटमा मध्यपुरठिमी नगरपालिकामा सिन्धुपाल्चोक घर भई हाल मध्यपुरठिमी नहारपलिका वडा न .६ मा बस्ने ४८ बर्षिय चेतना बहादुर थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

थापालाई पेप्सीकोलाबाट सानोठिमी आइरहेको बा २ क ३९३४ नम्बरको टिपरले ठकर दिएको हो । थापा सोहि दिशाबाट बा ६६ प ८५५३ नम्बर पिलेटको स्कुटरमा सवारी गरेर आइरहेका थिए ।

प्रतक्ष्यदर्शी ले बताए अनुसार तिब्र गतिमा आएको टिपरले पछाडी बाट स्कुटरलाई ठकर दिएको हो । टिपरले ठकर दिएको थापाको घटना स्थलमै मृत्यु भएको थियो ।

सो घटनापछी फरार रहेको तिपरलाई प्रहरीले जगातीबाट चालक सहित पक्राउ गरेको छ। टिपर चालक ललितपुरमा बस्ने राजन खड्की हुन्।पक्राउ परेको टिपर र चालकको आबस्यक अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

Related posts

Leave a Comment