अर्जेन्टिना ले हारेपनि नेपाली एक फ्यानले गरे आत्महत्याको प्रयास

जारी विश्वकप फुटबलमा अर्जेन्टिनाका देश टीमको खेललाई सपोर्ट गर्ने एक नेपाली युवकले अर्जेन्टिना ले हार बेहोरे पछी आत्महत्याको प्रयास गरेका छन्।

क्रोएसिया र अर्जेन्टिना बीच भएको खेलमा  अर्जेन्टिना  ३–० गोल अन्तरले पराजित भएको थियो। त्यहि खेलमा भएको पराजय  पीडा सहन नसकेर पाचथर  जिल्लाको याङवरक गाँउपालिका ५ का २० वर्षीय रामकुमार तावाले आत्महत्या प्रयास गरेका हुन्।

ग्रुप ‘D’ मा रहेको अर्जेन्टिना समुहको पहिलो खेलमा आइसल्याण्ड संग बराबर भएको थियो बिहिबार भएको खेलमा पनि अर्जेन्टिना क्रोयसिया संग ३-० ले पराजय भएकाे थियाे । खेललाई निकै नजिक बाट हेर्ने राम कुमार तावा बिगत धेरै बर्ष देखि अर्जेन्टिना टीमलाई समर्थन गर्दै आएका थिए उनका भाइले दिएको जानकारी अनुसार  रामले अर्जेन्टिनाको हारपछि रातिदेखि नै पटक पटक आत्महत्या प्रयास गरिरहेका थिए ।

हारको पीडाले भाबबेहोल भरका राम ले एक्लै हुनासाथ भोलिपल्ट  दिउँसो ३ बजे घरको तलामाथि चढेर घाँटीमा डोरी लगाई आत्महत्या प्रयास गरेका थिए। डोरी लगाएर सिलिङमा झुडिएका रामलाई आफन्तहरुले देखेपछी  उद्धार गरी अस्पताल ल्याएका थिए ।

झुडिएर गम्भीर अबस्था भएका राम कुमार तावाको थप उपचारका लागि झापा लागिएको छ। बिस्वकप हेरेर झुडिएर आत्महत्याको प्रसार गरेका तावाको धटनाकाे अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

Related posts

Leave a Comment