एसईईको रिजल्ट सार्बजनिक सबैभन्दा बढी ‘C’ ग्रेटमा थाहा पाउनुहोस् हेर्ने तरिका

परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत चैत महीनामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ।  परिक्षा बोर्डको बैठक पछी केहि बेर अघि मात्रै परिक्षाको नतिजा पत्रकार सम्मेलन गरि गरिएको हो

गत चैत आठ गतेदेखि सञ्चालन भएको एसर्इर्इ परीक्षामा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा गरी ५ लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी भएका थिए।  शनिबार सार्वजनिक भएको नतिजा अनुसार नियमित तर्फ पहिलो ग्रेड जिपिए ३.६५ देखि ४ सम्म ल्याउनेको संख्या १४ हजार दुई सय ३४ छ।

३.२५ देखि ३.६० सम्म ल्याउने ४६ हजार एक सय ३० रहेका छन्। २.८५ देखि ३.२० ग्रेड ल्याउने विद्यार्थीको संख्या ४९ हजार ३७ रहेको छ। २.४५ देखि २.८० सम्म ग्रेड ल्याउनेको संख्या ७० हजार ५ सय १२ रहेको छ भने  २.०५ देखि २.४० सम्म ग्रेड ल्याउनेको संख्या ६१ हजार ८ सय ७० रहेको छ।

१.६५ देखि २ सम्म ग्रेड ल्याउने छात्रछात्राको संख्या भने एक लाख १० हजार ४३ रहेको छ भने १.२५ देखि १.६०सम्म ग्रेड ल्याउनेको संख्या ३५ हजार ५ सय ८४ रहेको छ। अन्तिम ग्रेड ०.८५ ल्याउने भने विद्यार्थी नै छैनन्।

परीक्षा बोर्डले नियमित आंशिक, संस्कृत र प्राविधिकतर्फ सबैको नतिजा आजै सार्वजनिक भएको घोषणा गरेको छ। परीक्षामा सहभागी भएकामध्ये ३० जनाको रद्ध भएको छ।

अक्षराङ्कण प्रणाली (ग्रेड सिष्टम)मा परीक्षाफल प्रकाशन गर्न थालिएकाले कोही पनि विद्यार्थी एसईईमा फेल हुने छैनन् । शनिवार दिउँसोदेखि नतिजा सार्वजनिक गर्न लागि परेको कार्यालयले साँझ अवेर परीक्षाफल प्रकाशित गरेको हो ।

परिक्षा को नतिजा  www.moe.gov.npwww.doe.gov.npwww.ntc.net.np बाट पनि नतिजा हेर्न सकिन्छ ।

 

परीक्षाको नतिजा हेर्ने अन्य थप तरिकाहरु 

Related posts

Leave a Comment