गृहपृष्ठ सेलो गित “अंकुशे माया” को म्युजिक भिडियो सार्वजनिक

सेलो गित “अंकुशे माया” को म्युजिक भिडियो सार्वजनिक

मान काजी पाख्रीन तामाङ यम्बु, मंसिर १५ –

बिगत २५ बर्ष देखि संगितिक क्षेत्रमा मंगोलियन हर्टको नामबाट चर्चा कमाउन सफल चर्चित गायक राजु लामाले पछिल्लो समय एउटा छुट्टै सेलो गित “अंकुशे माया” बोलको गित बजारमा ल्याएको छ । लामा र जितु लोप्चनको स्वर रहेका उक्त नयाँ गितको म्युजिक भिडियो शनिबार काठमाडौमा एक औपचारिक पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

हाल अमेरिकामा कर्मथलो बनाईरहेका गायक लामा, मंगोलियन हर्टको २५ औं बर्ष पार गरेको अबसरमा नेपाल आएको बेला “अंकुशे माया” बोलको गित यहाँ माझ ल्याएको हुन । संगितिक क्षेत्रका अर्का चर्चित गायक विश्व दोङको शब्द र संगित रहेको भिडियोको छायांकन, सम्पादन तथा निर्देशन सुर्य लामा गरेका छन । यसै गरि एरेन्जरमा दिपेस प्रधान, ड्रोन क्यामारामा प्रबिण राई, र सुरेश घिसिङ, प्रोडक्शन म्यानेजरमा बब्लु गुरुङ रहेको छ भने युद्ध लामाको कोरियोग्राफी रहेको छ ।

पर्पल स्टुडियोमा रेकर्डिङ गरेको उक्त भिडियोमा अभि लामा र अनिता गोलेले अभिनय गरेको छन । जिग्मे मिडिया प्रालि द्वारा बजारमा ल्याएको उक्त भिडियोको ड्रेस डिजाइनर कौसिला लामाले गरेको छन ।

जिग्मे मिडियाका कार्यकारिणी प्रमुख सुर्य लामाको सभापतित्वमा सम्पन्न यस कार्यक्रमको प्रमुख अतिथिमा राजु लामा, बिशेष अतिथिमा कुबेर सिं दोङ र संचार कर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो । बिस्वको बिभिन्न देशमा आफ्नो सांगीतिक प्रस्तुती दिई सक्नु भएको गायक राजु लामाले आफ्नो पुरानो साथीको शब्दमा गित गाउन पाउँदा र सांगीतिक यात्राको पुरानो साथीहरु संग भेट हुन पाउँदा अत्यन्त खुशी लागेको कुरा अबगत गराउनु भएको थियो ।

यसै गरि गायक, रचनाकार तथा संगीतकार विश्व दोङले आफुले अहिलेका युवा पुस्तालाई मध्यनजर गरि यो शब्द र संगित रचना गरेकोले सबैले रुचाउने बताउनु भएको थियो । गायक लामाको उपस्थितीमा सार्वजनिक गरेको सो गित तथा म्युजिक भिडियो शनिबार बाटै जिग्मे मिडियाको युट्युब च्यानलबाट बजारमा आई सकेको छ ।

उक्त गीतको भिडियो हेर्नुहोस्

मङ्सिर १६, २०७५ मा प्रकाशित

 

 

प्रकाशित समय २०७५ मंसिर १६ गते आइतवार १५:३२ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु