गृहपृष्ठ दिनेश केसि ले ल्याय फेरि मनै रुहाउने गित “बोल्छेउ झर्केर”

दिनेश केसि ले ल्याय फेरि मनै रुहाउने गित “बोल्छेउ झर्केर”

सानोभेरी गाउपालिका 6 दुलि रुकुममा जन्मियका गायक दिनेश केसि ले पछिल्लो समयमा  “बोल्छेउ झर्केर” नामक गीत बजारमा ल्याएका छन् ।

सानै उमेर देखि संगीतमा निरन्तर लागिरहेका केसीले आफ्नो गीत सार्बजनिक गरेका हुन् । माया प्रेममा आधारित गीत “बोल्छेउ झर्केर” मा स्वर गाएक दिनेश केसी र बिपना सिंह ले दिएका छन्  डम्बर चन्दको शब्द रहेको उक्त गीतमा भद्र नकालको लय रहेको छ ।

सक्सेश म्युजिक प्रालिले बजार ब्यबस्थापन गरेको उक्त गीतमा मोडेल आर्यन र आकृतिले अभिनय गरेका छन् । गीतमा राजकुमार मगरको निर्देशन रहेको छ भने मगरले नै भिडियोको सम्पादन गरेका छन् । पछिल्लो समयमा दर्शक श्रोताले निकै मन पराएका गाएक दिनेश केसीले आफुले निकै मेहनत गरेर गीत बजारमा ल्याएको हुनाले गीतले बजार तताउनेमा आफु बिस्वस्त रहेको बताएका छन् ।

भिडियो हेर्नुहोस् 

 

प्रकाशित समय २०७५ मंसिर १६ गते आइतवार १७:०२ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु