गृहपृष्ठ दाङ्गका प्रकाश कवरको “पिपल बिना” गीतको भिडियो सार्बजनिक

दाङ्गका प्रकाश कवरको “पिपल बिना” गीतको भिडियो सार्बजनिक

काठमाडौं: सल्यानको माल्टामा जन्मिएर हाल दाङ्गको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा बसोबास गर्दै आएका दंगाली सर्जक प्रकाश कवरको  “पीपल बिना” नामक आधुनिक गीतको भिडियो सार्बजनिक भएको छ । बुढा सुब्बा यूटूब च्यानल मार्फ़त मंगलबार उक्त गीत सार्बजनिक गरिएको हो ।

prakash kawar

नायक मिडियाले बजार ब्यबस्थापन गरेको उक्त गीतमा प्रकाश कवरको स्वर रहेको छ भने मन्जु कंडेल को शब्द र सनम पुरुष राई को संगीत रहेको छ । माया पिरती, धोका बिस्मातमा आधारित गीत “पिपल बिना” को भिडियोको छायांकन अनि निर्देशन देवराज आचार्यले गरेका छन् र गीतमा हिमा थापा, करण लामा, अजय लामाको अभिनय रहेको छ ।

आर्थिक अभावका बाबजुत पनि निरन्तर रुपमा नेपाली गीत संगितमा सक्रिय रहेका प्रकाश कवरले यो भन्दा अगाडी २ वटा गीत सार्बजनिक गराईसकेको छन ।  काठमाण्डौमा बसेर संगित र संघर्ष सिक्दै गरेका कवरलाई धेरै संगीतकर्मिले आशाका केन्द्र मानेका छन् ।

हेनुहोस  सार्बजनिक भएको उक्त्त गीतको भिडियो

 

प्रकाशित समय २०७५ मंसिर १९ गते बुधवार १५:४२ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु