गृहपृष्ठ “माथि माथि लेकमा” गितको म्युजिक भिडियो सार्वजनिक

“माथि माथि लेकमा” गितको म्युजिक भिडियो सार्वजनिक

काठमाडौ, मंसिर १९- गायक सन्तोष लामा “वाईबा”को बिलकुलै नयाँ गित “माथि माथि लेकमा” गित तथा म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्शकको मझ लोकप्रिय बन्दै गरेका गायक लामाको “माथि माथि लेकमा घुम्नमा जाँदा, गुन्द्रुकको अचार च्याख्लाको भात” भन्ने शब्दले चर्चा कमाई रहेको बेला भिडियो सहितको गित सार्वजनिक गरेको हो ।

दोलखाको पर्यटकिय क्षेत्र खरिढुङगा र कालिन्चोकको आसपासमा छायांकन गरेको म्युजिक भिडियोको शब्द संगीत अमर लामा बोम्जनको रहेको छ भने बुद्ध लामा तितुङलको निर्देशन रहेको छ । रमेश्वर जिरेलले खिचेको सो भिडियोमा रबिता मगर , ममता मोक्तान, सुरज लामा र जीवन मानन्धरले अभिनय गरेको छ । धेरै मिहेनतका साथ बनाईएको गित तथा भिडियोको श्रृङगार यामर सिं ब्लोनले गरेका छन् ।

"माथि माथि लेकमा" गितको म्युजिक भिडियो सार्वजनिक

क्लिक नेपालको युट्युब च्यानल मार्फत बजारमा ल्याएको उक्त गितको भिडियो निकै राम्रै रहेको र सबै स्रोता दर्शकले मनपराउनेमा आफुहरु आशावादी रहेको निर्माण पक्षले बताएको छ । दर्जन भन्दा बढि गितमा आफ्नो प्रतिभा प्रस्तुत गरि सकेका गायक सन्तोषको यो भन्दा अघि बाध्यता नामक एल्बमले पनि धेरै चर्चा कमाएका थियो । यसै क्रममा बाध्यताले आईपुगे म यो बिरानो सहरमा, लेक माथि फुल्ने गुरास जस्ता गितले सन्तोषको चर्चा चलि रहेकै बेला यो अर्को म्युजिक भिडियो आएकोले सन्तोषको चर्चा झन चुलिने धेरै संगीतकर्मीहरुले अनुमान गर्न थाली सकेका छन ।

भिडियो नबन्दै धेरै दर्शकको मन जित्न सफल यो नयाँ गित तथा म्युजिक भिडियोबाट सबैको मन जित्न सकोस गायक सन्तोष लामा वाईबालाई नयाँ सन्देश मिडियाको तर्फबाट हार्दिक शुभकामना ।

भिडियो हेर्नुहोस् 

मङ्सिर २२, २०७५ मा प्रकाशित

प्रकाशित समय २०७५ मंसिर २२ गते शनिवार ०९:१० बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु