गृहपृष्ठ शालिकराम भण्डारीको “फर्की आउँदिन” सार्वजनिक (भिडियो सहित)

शालिकराम भण्डारीको “फर्की आउँदिन” सार्वजनिक (भिडियो सहित)

कुशल गायक तथा संकलक शालिकराम भण्डारीको गाइने लोक गीत “फर्की आउँदिन” सार्वजनिक भएको छ । अकलादेवि कम्पनीको युटुव च्यानल मार्फत उक्त गीत सार्वजनिक भएको हो ।

धन कमाउन प्रदेश गएका नेपाली युवाहरुको कथा व्यथा समेटिएको उक्त गीतले मौलिकपन बोकेको छ । धन कमाउन आफ्नो जन्म भुमि छोडेर पराईको भूमिमा सघर्ष गरिरहेको छोराले आमाको नाममा सम्बोधन गरेर गीतको कथा व्यथा तयार पारिएको छ।

New Nepali lok Song "Farki Aaudina"

लामो समय देखि गीत संगीत निरन्तर लागिरहेका शालीकरामले उक्त गीतमा शब्द र स्वर दिएका छन् गीतमा चर्चित संकलक तथा गाएक यज्ञ सापकोटाले संगीत भरेका छन् । मदन खड्काले निर्देशन गरेको उक्त भिडियोमा तिलक केसीको छायांकन रहेको छ भने रिकेश भण्डारीले सम्पादन गरेका छन्

 

प्रदेशमा रहेका लाखौं नेपालीको पिडा जस्ताको त्यस्तै समेटिएकोले गीतलाई आम दर्शक श्रोताले मन पराउनेमा ढुक्क रहेको निर्माण पक्षले बताएको छ।

हेर्नुहोस् उक्त गीतको भिडियो 

 

प्रकाशित समय २०७५ मंसिर २३ गते आइतवार १५:४८ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु