गृहपृष्ठ गायक तिलक वलीको सामाजिक यथार्थपरक “दलाल” गीत सार्वजनिक (भिडियो सहित)

गायक तिलक वलीको सामाजिक यथार्थपरक “दलाल” गीत सार्वजनिक (भिडियो सहित)

काठमान्डौ: चर्चित लोक दोहोरि गायक तथा कुशल सर्जक तिलक वलीको सामाजिक यथार्थमा आधारित ‘दलाल’ नामक गीत सार्वजनिक भएको छ। गामवेशि म्युजिक कम्पनिको आफ्नै युटूव च्यानल मार्फत उक्त गित सार्वजनिक गरिएको हो ।

रोजगारीको शिलशिलामा विदेश पठाउने दलालहरुको भरमा अनगिन्ती सपनाहरु बोकेर प्रदेश छिरेका लाखौ नेपालीले त्यहाँ भोगेका पिडा र यथार्थ घटनालाई गितमा प्रस्तुत गरिएको छ ।

ओइ सुन
फ्री भिसा फ्री टिकट भनिभनि ढाट्यो
काठमाडौँ र मेडिकलले २०,३० हजार काट्यो

दलाल कै भर पर्ने
हामि विदेश जनालाई दलाल कै भर पर्ने
अफिसमा हो भनेर ढाटिढाटि पठायो
मलाई काम पर्याछ टवाइट सोगर्ने…..

tilak oli songs

लामो समयदेखि नेपाली लोग संगीतमा महत्वपूर्ण योगदान दिएका दंगाली गायक तिलक वली पछिल्लो समयमा लाखौ नेपाली लोक संगीत प्रमिको मन मुटुमा बस्न सफल भएका छन् ।

आज मात्रै सार्बजनिक भएको “दलाल” गीतमा तिलक ओलीकै शब्द संगीत र स्वर रहेको छ भने गीतको एरेन्ज समेत ओली आफैले गरेका छन् । चर्चित कमेडीयन धुर्ब पुनले निर्देशन गरेको उक्त गीतको भिडियोमा ध्रुब पुन र गोबिन्द नेपालीले अभिनय गरेका छन् ।

tilak oli songs

गामबेशी म्युजीक प्रा. ली ले बजार ब्यबस्थापन गरेको उक्त गीतको भिडियोको छायांकन राजेश बिसी ले गरेका छन् भने राज कुमार पुन मगरले सम्म्पादन गरेका छन् ।

दलाल गीतको भिडियो हेर्नुहोस्

प्रकाशित समय २०७५ मंसिर २४ गते सोमवार १७:५८ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु