गृहपृष्ठ सांस्कृतिक संस्थान र अनाममण्डलीद्वारा संयुक्त गजल कार्यक्रम सम्पन्न

सांस्कृतिक संस्थान र अनाममण्डलीद्वारा संयुक्त गजल कार्यक्रम सम्पन्न

सुजन देबकोटा- 

काठमाडौं: सांस्कृतिक संस्थान र अनाममण्डलीको संयुक्त आयोजनामा मासिक रूपमा सञ्चालन हुँदै आएको गजल सन्ध्या कार्यक्रमको दोस्रो शृङ्खला शुक्रबार सम्पन्न भएको छ ।

राजधानीको राष्ट्रिय नाचघरस्थित सांस्कृति संस्थानको हलमा उल्लेख्य साहित्यप्रेमीका बीचमा सम्पन्न भएको सो कार्यक्रममा पहिलो पुस्ताका बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल र अहिलेका पुस्ताका जल्दाबल्दा गजलकार जय गौडेलले गजल प्रस्तुत गरेका थिए ।

सांस्कृतिक संस्थान र अनाममण्डलीद्वारा संयुक्त गजल कार्यक्रम

उमेरले ७० को हाराहारीमा रहेका पौडेलले पञ्चायकालदेखि जनआन्दोल हुँदै पछिल्लो समयसम्मको गजललाई समेटेका थिए भने युवा पुस्ताका गजलकार गौडेलले अधिकांश प्रणय भावका गजल गायन मार्फत् प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई तीन चरणमा विभाजन गरी आठ-आठ गजल प्रस्तुत गर्ने समय प्रदान गरिएको थियो । संघीय संसदका सांसद खेम नेपालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा पहिलो पुस्तादेखि पछिल्लो पुस्तासम्मकै साहित्यिक मनहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

सांस्कृतिक संस्थान र अनाममण्डलीद्वारा संयुक्त गजल कार्यक्रम

स्वागत मन्तव्यका क्रममा संस्थानका राजेश थापाले संस्थानले साहित्य, सङ्गीत, बाध्यबादन लगायतका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । कार्यक्रमा वाचित गजलमाथिको समीक्षा गर्दै डा. देवी नेपालले आफ्नो समीक्षात्मक धारणा राखेका थिए । त्यसैगरी प्रमुख अतिथि नेपालीले समाजमा अझैपनि जातिप्रथा, छाउपडीप्रथा, बोक्सीप्रथा जस्ता रुढीबादी परम्परा यथावत रहेकोले कलमको माध्यमबाट त्यसलाई उतार्न सुझाव दिएका थिए ।

मङ्सिर २८, २०७५ मा प्रकाशित

 

हाम्रो भिडियो हेर्नुहोस् 

 

प्रकाशित समय २०७५ मंसिर २८ गते शुक्रवार १५:२७ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु