गृहपृष्ठ एकैदिन दुईवटा चलचित्र ‘सुश्री सम्पत्ति’ र ‘डोली’ प्रदर्शनमा

एकैदिन दुईवटा चलचित्र ‘सुश्री सम्पत्ति’ र ‘डोली’ प्रदर्शनमा

शुक्रबारदेखि दुईवटा चलचित्र नेपालभर एकैसाथ प्रदर्शनमा आएका छन् । सुव्रत आचार्यद्वारा निर्देशित चलचित्र “सुश्री सम्पत्ति” र राजबहादुर सानेद्वारा निर्देशित चलचित्र डोली एकै साथ प्रदर्शनमा आएका हुन् ।

‘सुश्री सम्पत्ति’ र ‘डोली’ देशैभरका चलचित्र हलमा रिलिज भएका हुन् । प्रचार प्रसारका क्रममा “सुश्री सम्पत्ति” चलचित्र डोलीको तुलनामा केही अगाडी नै देखिएको थियो ।

हेर्नुहोस् चलचित्र “डोली” को ट्रेलर

हल पाउनेमा पनि “सुश्री सम्पत्ति” केही अगाडि नै रहेको बताइएको छ । नेपालमा प्रदर्शन हुनु अगावै विदेशमा पनि यो चलचित्र बिक्रि भइसको निर्माण पक्षले बताएको छ ।

सुव्रत आचार्यको निर्देशनमा निर्मांण भएको दोस्रो चलचित्र हो “सुश्री सम्पत्ति”  यस चलचित्रमा सलोन बस्नेत, सारा सिर्पाली, बिनोद न्यौपाने राजाराम पौडेल, प्रमोद अग्रहरीको अभिनय रहेको छ भने नायिका प्रियंका कार्कीको विशेष भूमिका यस चलचित्रमा देख्न सकिने छ ।

आजैदेखि प्रदर्शनमा आएको अर्को चलचित्र “डोली” सामाजिक प्रेम कथामा आधारित चलचित्र हो । यस चलचित्रले सेन्सर बोर्डबाट सर्टिफिकेट पाएसँगै यो चलचित्र हेर्न जाने १६ वर्ष मुनिका बालबालिकाले अभिभावकको साथ हलमा पस्नुपर्ने भएको छ । डोलीमा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, प्रिया रिजाल, सानिया खान तथा संगिता नापित, अर्जुन गुरुङ, नवीन रेग्मी, हिमवाला गौतम, दामोदर खतिवडा, प्रशान्त भण्डारी लगायतको अभिनय रहेको छ ।

हेर्नुहोस् चलचित्र “सुश्री सम्पत्ति” को ट्रेलर

 

 

प्रकाशित समय २०७५ मंसिर २८ गते शुक्रवार १६:२६ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु