गृहपृष्ठ अशोक दर्जीको नयाँ गीत “चौरीको चाम्रो छुर्पी” सार्बजनिक

अशोक दर्जीको नयाँ गीत “चौरीको चाम्रो छुर्पी” सार्बजनिक

काठमाण्डौ: केहि समय पहिले भाइरल बनेका झापाका अशोक दर्जीको पछिल्लो गीत “चौरीको चाम्रो छुर्पी” सार्बजनिक भएको छ ।

झापाको बजारको सडकमा गीत गाउदै पैसा कमाउने दर्जीले संगीतकार टंक बुढाथोकी संगको सहकार्यमा पहिलो गीत “धन बिनाको मन ठुलो की मन बिनाको धन” सार्बजनिक गरेका थिए ।

 

ashok darji

धन बिनाको मन नामक गीत बजारमा ल्याउनु पूर्व नै सामाजिक संजालमा भाइरल बनेर चर्चित बनेका दार्जिलाई उक्त गीतले झन् उचाइमा ल्याउन सफल भएको थियो ।

संगीतकार टंक बुढाथोकीको आफ्नै युतुब च्यानल मार्फत सार्बजनिक गरिएको उक्त गीत अहिले सम्म आएर करिब एक करोड ७५ लाख ८३ हजार ७ सय ७४ पटक हेरिसकेको छ ।

पछिल्लो समयमा रिलिज भएको गीत “चौरीको चाम्रो छुर्पी” मा टंक बुढाथोकीले, अशोक दर्जी र एआर बुढाथोकीले स्वर दिएका छन् भने टंक बुढाथोकी आफैले सब्द संगीत दिएका छन् । गीतमा टंक बुढाथोकी अशोक दर्जी एआर बुढाथोकी, डिजे रुपक, बिष्णुकला मैनाली, दीपिका शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् ।

मङ्सिर २८, २०७५ मा प्रकाशित

 

प्रकाशित समय २०७५ मंसिर २८ गते शुक्रवार १७:५७ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु