गृहपृष्ठ निर्देशक उमेश गुरुङको फरक निर्देशनमा “जुँगा पलायो” गीत सार्बजनिक (भिडियो सहित)

निर्देशक उमेश गुरुङको फरक निर्देशनमा “जुँगा पलायो” गीत सार्बजनिक (भिडियो सहित)

लामो समयसम्म गीत संगीतमा निरन्तर लागिरहेका लोकप्रिय निर्देशक उमेश गुरुङको फरक निर्देशनमा जुँगा पलायो गीत सार्बजनिक भएको छ ।

चर्चित गाएक नबिन पौडेलको आवाजमा सजिएको उक्त “जुँगा पलायो” गीत क्वालिटी फिल्मस् प्रा. ली मार्फत बजारमा सार्बजनिक गरिएको हो ।

निकै पृथक् र सशक्त बनेको उक्त गीतमा नबिन पौडेलको आवाजका साथै नबिन पौडेलकै लय तथा शब्द रहेको छ भने नरहरि प्रेमीले गीतमा र्याप हानेका छन । उमेश गुरुङको निर्देशनमा तयार भएको “जुँगा पलायो” गीतमा कोरियोग्राफी निलम राइको रहेको छ भने भिडियोमा उमेश गुरुङ निर्देशन गरेका छन् र उनलाई अभिनयमा साथ अन्जली तामाङ र निनम्मा क्वालिटी डान्स क्रु को टीमले साथ दिएको छ ।

गीतको भिडियोलाई डिका गुरुङले छायांकन गरेका हुन भने भिडियोलाई सुजन शाहीले सम्पादन गरेका छन् ।

नेपाली गीत संगीतमा डेढ दशक समयदेखि निरन्तर सक्रिय भएर गीत संगीत क्षेत्रमा महत्वपूर्ण योगदान दिदै आएका निर्देशक उमेश गुरुङले आफुलाई कुशल निर्देशकका रुपमा स्थापित गर्न सफल भएका छन् । उनले निर्देशन गरेका हजार जुनीजुनी, ठुलो मान्छे, झझल्को आइरहन्छ, तिमि बिना एक्लै भाछु म, मुसलधारे पानि, चङ्गासरि उडिरहछ मन, गुडिजाने रेल, बटौली शहर, फूलले इर्ष्यागर्ला, खोलि छेकेर, टुक्रा पार्न मिल्ने भए, एकोहोरो माया लगाएत दर्जनौ गीतहरु बजारमा हिट हुन सफल भएका गीतहरु हुन् ।

क्वालिटी फिल्मस् प्रा. ली को प्रबन्धक तथा संचालक समेत रहेका गुरुङले फिल्मी र डकुमेन्ट्री समेत निर्देशन गरेका छन् । हाल सम्म १५०० भन्दा बढी म्युजिक भिडियो निर्देशन गरेका गुरुङले दर्जनौं भन्दाबढी म्युजिक भिडियो र चलचित्रमा स्वयम् आफैले अभिनय गरेका छन् ।

पछिल्लो समयमा गाएक नबिन पौडेलसंगको सहकार्यमा क्वालिटी फिल्मस् ले बजारमा ल्याएको गीत “जुँगा पलायो” गीत युवापुस्ताको मनोभावना बुझेर तयार पारिएको गीत हो । समसामयिक गीत “जुँगा पलायो” लाई दर्शक श्रोताले अत्याधिक मन पराउनेमाआफुहरु ढुक्क रहेको गीत निर्माण पक्षले बताएको छ ।

उक्त गीतको भिडियो मंगलबार क्वालिटी फिल्मस् कोआफ्नै युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ

हेर्नुहोस् उक्त गीतको भिडियो 

प्रकाशित समय २०७६ जेठ १५ गते बुधवार १३:३३ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु