गृहपृष्ठ राष्ट्रपतिको गाडीको बिरोध कार्यक्रमको फोटो खिच्दा एक पत्रकार पक्राउ

राष्ट्रपतिको गाडीको बिरोध कार्यक्रमको फोटो खिच्दा एक पत्रकार पक्राउ

काठमाडौं: राष्ट्रपति बिध्यादेबी भण्डारीका लागि किन्ने भनिएको १८ करोडको गाडीको सांकेतिक बिरोध कार्यक्रमको फोटो खिच्दा एक पत्रकार पक्राउ परेकी छिन ।

फोटो खिच्दै गर्दा बिहीबार रास्ट्रपति कार्यालयबाटै देश सञ्चार डटकमकी पत्रकार वर्षा शाह पक्राउ परेकी हुन् । शाह समाचार सङ्कलनका लागि प्रेस पास लिएर त्यहाँ पुगेकी थिएन ।

राष्ट्रपतिले महँगो गाडी खरिद गर्न लागेको हुनाले त्यसको बिरोधस्वरुप सर्ब साधारणसँग एकएक रुपैँया उठाएर राष्ट्रपतिलाई प्रतीकात्मक रूपमा गाडी पु¥याउन पुगेको एउटा समूहको फोटो खिच्दै गर्दा उनलाई पक्राउ गरिएको हो ।

निषेधित क्षेत्रमा कार्यक्रम गरेको हुनाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेकी पत्रकारलाई महाराजगञ्ज प्रहरीको हिरासतमा राखिएको बताइएको छ ।

मङ्सिर २७, २०७५ मा प्रकाशित

प्रकाशित समय २०७५ मंसिर २७ गते बिहीवार १६:४० बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु