धनगढी ।
समाचार लेखेको भन्दै समाजवादी प्रेस संगठन नेपाल दार्चुलाका अध्यक्ष पत्रकार अम्बर खत्रीमाथि कुटपिट भएको छ । शैल्यशिखर नगरपालिकाका नगरप्रमुख विजयसिंह धामीका स्वकिय सचिव इन्द्रसिंह धामी (नविन) लगाएतका समुहद्धारा उनिमाथि कुटपिट भएको हो ।
खत्रीले शैल्यशिखर नगरपालिकाका नगरप्रमुख विजयसिंह धामीका स्वकिय सचिव इन्द्रसिंह धामी (नविन), नगरपालिकाका इन्जिनियर योगेश धामी, कार्यपालिका सदस्य चक्र लुहार र राजेन्द्रसिंह विष्ट लगायतले आफुलाइ नगरपालिकाको कार्यकक्षमा थुनेर कुटपिट गरि आफुले खिचेको भिडियोसमेत डिलिट गरेको आरोप लगाएका छन्।
कुटपिटमा परेका पत्रकार खत्रीले इलाका प्रहरी कार्यालयमा निवेदन दिएको र कुटपिटमा संलग्नलाई जिल्ला झिकाइएको जिल्ला प्रहरीका कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले बताए ।
रेडियो चौलानी र राजधानी दैनिक पत्रिकाका दार्चुला संवाददाता खत्रीलाई नगरपालिकाको विषयमा सामाचार लेखेको भन्दै कुटपिट गरिएको घटनामा संलग्नलाई कारबाही हुनुपर्ने सामाजवादी प्रेस संगठन नेपालले माग गरेको छ ।