गृहपृष्ठ नुवाकोटमा मिनी ट्रक दुर्घटनामा, १७ जनाको मृत्यु

नुवाकोटमा मिनी ट्रक दुर्घटनामा, १७ जनाको मृत्यु

काठमाडौं: नुवाकोटको घ्याङफेदीमा शुक्रबार मिनीट्रक दुर्घटना भएको छ । दुर्घटनामा परी १७ जनाको मृत्यु भएको प्रारम्भिक जानकारी आएको छ ।

त्यसैगरी उक्त दुर्घटनामा ७ जना गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौँ पठाएको प्रहरीले जनाएको छ ।

दुप्चेश्वर गाउँपालिकाको शिखरबेसीमा घेवा सकेर घ्यामफेदीको सिसिपुतर्फ जाँदै गरेको मिनीट्रक घ्याङडाँडाको कच्ची सडकबाट तल खसेर दुर्घटना भएको हो ।

घटनास्थल सदरमुकाम बिदुरदेखि करिब ४४ किलोमिटर टाढा रहेको छ । ४० जनाभन्दा बढी यात्रु रहेको उक्त ट्रकमा जम्मा कतिजना यात्रु थिए भन्ने यकिन हुन सकेको छैन ।

दुर्घटनाको मुख्य कारण यकिन नभएपनि क्षमताभन्दा बढी यात्रु र कच्ची सडक नै यसको मुख्य कारण हो भन्ने प्रहरीले अनुमान गरेको छ ।

मङ्सिर २८, २०७५ मा प्रकाशित

 

प्रकाशित समय २०७५ मंसिर २८ गते शुक्रवार १५:५३ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु