गृहपृष्ठ पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको निधन

पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको निधन

पूर्व प्रधानमन्त्री एवं तत्कालीन मन्त्रीपरिषद्का उपाध्यक्ष डा. तुलसी गिरीको मंगलबार ९३ वर्षको उमेरमा निधन भएको छ ।

कलेजोको क्यान्सरबाट पीडित डा. गिरीको आफ्नै निवास बुढानिलकण्ठमा निधन भएको हो । उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरीएका गिरीलाई केही दिन पहिले अस्पतालबाट आफ्नै निवास लगिएको थियो ।

सिराहमा जन्मिएका गिरीको राजनीति सुरुवात नेपाली काँग्रेसबाट भएको थियो । गिरीका श्रीमती, दुई छोरा र दुई छोरी छन् । २०१७ सालमा राजा महेन्द्रले निर्वाचित प्रधानमन्त्री बिपी कोइरालाई बर्खास्त गरी पञ्चायती व्यवस्थाको सुरुवात गरेका बेला गिरी परराष्ट्रमन्त्री भएका थिए ।

त्यसैगरी २०१९ सालमा पहिलोपटक मन्त्रीपरिषद्को उपाध्यक्षमा नियुक्त भएका गिरी सोही वर्ष मन्त्रीपरिषद्को अध्यक्षमा बढुवा भएका थिए । २०३२ सालमा तत्कालीन राजा विरेन्द्रबाट प्रधानमन्त्रीमा नियुक्त भएका डा. गिरीले केही वर्ष श्रीलंकामा गइ निर्वासित जीवन पनि बिताउनु परेको थियो । २०५९ सालमा ज्ञानेन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई बर्खास्त गरी आफ्नो हातमा सत्ता लिएपछि गिरीलाई स्वदेस फिर्ता बोलाई पुनः मन्त्री परिषद्को उपाध्यक्षमा नियुक्ति गरेका थिए ।

देशको प्रधानमन्त्री भइसकेका भए पनि उनकै आग्रहमा डा. गिरीलाई मंगलबार नै साधारण नागरिकको हैसियतमा अन्तेष्टि गरिएको छ ।

प्रकाशित समय २०७५ पुस ३ गते मंगलवार २२:०९ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु