गृहपृष्ठ चलचित्र ‘प्रसाद’ले सम्पूर्ण नारी र दलित वर्गको अपमान गर्यो- शिव परियार

चलचित्र ‘प्रसाद’ले सम्पूर्ण नारी र दलित वर्गको अपमान गर्यो- शिव परियार

आधुनिक गायक शिव परियारले चलचित्र प्रसादले सम्पूर्ण नारी र दलित बर्गको अपमान गरेको बताएका छन् परियारले सामाजिक संजाल फेसबुक मार्फत चलचित्र प्रमादको समिक्षा गर्दै उक्त कुरा लेखेका छन्

परियारले चलचित्र ‘प्रसाद’ मा  भगवानको पवित्र पुजा सम्पन्न भएपछी ग्रहण गरिने ‘प्रसाद’ जस्तो पवित्र चिजलाई बलात्कार जस्तो जघन्य अपराधको परिमाणलाई एउटा कथित तल्लो जातको पात्र खडा गरेर ‘प्रसाद’ मानेर स्वीकार गर्न लगाईएको बताएका छन्

उनले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेका छन्  “ मलाई असाध्यै मन पर्ने कलाकार,निर्देशक ,लेखक छन् यो चलचित्रमा ! आ -आफ्नो धार्मिक आस्था अनुरुप भगवानप्रति राखिने आस्था ,गरिने पुजा,अनि भगवानको पुजा सम्पन्न भएपछी ग्रहण गरिने “प्रसाद” जुन आत्माबाट स्वीकार गरेर “प्रसाद” भनेर ग्रहण गरिन्छ,हो त्यस्तो पवित्र चिजलाई बलात्कार जस्तो जघन्य अपराधको परिणामलाई एउटा कथित तल्लो जातको पात्र खडा गरेर “प्रसाद”मानेर स्वीकार गर्न लगाईएको छ ! अनि सम्बाद सुन्नुस न सम्बाद ओह माई गढ़ !

हिजोको दिनमा जातमा बेथितिमा पारिएकाहरुलाई आज पुनः अगाडी बढ्न हैन कि तिमीहरु त्यहि हौ है भनेर महशुस गर्न लगाइएको छ ! बलात्कार गर्नेलाई ठुलो जात बनाईएको छ अनि अनि बलात्कारको परिणाम चै फ्लिम भोलि कुनै ठुलो सामाजिक बिद्रोह नाअओस भनेर सानो जातको पात्र खडा गरेर स्वीकार गर्ने कथा बुनिएको छ !“सुशील बाबु फ्लिम समीक्ष्या गर्ने पत्रकार भएकैकारण सबैले कत्तै नभाको चलचित्र भनेछन” तर ब्यक्तिगत रुपमा के ति समीक्षक आफुलाई बाबूराम परियारको रुपमा स्वीकार गर्न सक्छन ???

हाम्रो समाजमा जातीय बिभेद पनि छ रे ल तर चलचित्र प्रसादले जुन परिणामलाई प्रसाद भनेर ब्याख्या गर्दैछ यो चलचित्र देखाईए जस्तो नारी, प्रसाद र प्रसाद ग्रहण गर्न लगाइएको बर्ग सबैको घोर अपमानको रुपमा मैले यो चलचित्रलाई इतिहासमा सम्झने छु! चलचित्रको सबै भन्दा गज्जब कुरा भनेकै “सोच” हो ,यो सोचलाई स्वीकार्न सकिन !!!
सामाजिक समबेदना संगै खेल्ने हो भने यो चलचित्रले भनेको “प्रसाद” लौनत सबैले एक पटक आफुलाई बाबुराम परियार बनाएर प्रसाद स्विकार्नुस, समीक्षा लेख्नुस ,बखान गर्नुस ,सक्नु हुन्छ ?????? “

प्रकाशित समय २०७५ पुस ४ गते बुधवार २३:०३ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु