गृहपृष्ठ बनेपामा एक पाउरोटी उद्योग सिलबन्दी

बनेपामा एक पाउरोटी उद्योग सिलबन्दी

खाध्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले बनेपामा रहेको शाक्य पाउरोटी कारखाना सिलबन्धि गरेको छ । कार्यालयले कारखाना बाट उत्पादन हुने खाध्य पदार्थ योग्य नरहेको भन्दै  सिलबन्दी गरेको वताएको छ ।


शाक्य पाउरोटीको बनेपा-८ नयाँ बसपार्कमा रहेको उधोगमा प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको टोलीले सरसफाइमा समस्या देखेपछि सिल गरेको बताएको छ ।


खाध्य निरीक्षक शिवप्रसाद भण्डारीको नेतृत्वको अनुगमन टोलीले उक्त पाउरोटी उद्योग अनुगमन गरेको थियो । उद्योगले आबश्यक मापदण्ड पुरा नगरेको र यो भन्दा पहिले पटकपटक सरसफाई गर्न जानकारी गराउदा नि सुधार नगरेपछि  सिलबन्दी गरिएको खाध्य निरीक्षक भण्डारीले बताएका छन्   ।

प्रकाशित समय २०७५ पुस ५ गते बिहीवार १४:४४ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु