गृहपृष्ठ निर्मला हत्या प्रकरण: १८ जना प्रहरी कारबाहीको भागिदार

निर्मला हत्या प्रकरण: १८ जना प्रहरी कारबाहीको भागिदार

१३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा १८ जना प्रहरी कारबाहीमा पर्ने भएका छन् । निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा भएको लापरबाहीको छानबिन गर्न गएको भदौ ३१ गते एआइजी धिरु बस्न्यातको संयोजकत्वमा गठन भएको उच्चस्तरीय समितिले १८ जना प्रहरीमाथि बिभागीय कारबाहिीको सिफारिस गरेको छ ।

उक्त समितिले सो प्रकरणको अनुसन्धानमा लापरबाही गरेको ठहर गर्दै हाल बर्खास्तमा परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज बिष्ट लगायत अन्य १८ जना प्रहरीमाथि कारबाही गर्नुपर्ने देखाएको हो ।

कारबाहीमा पर्नेमा एसपी दिल्लीराज बिष्ट, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका डिएसपी अंगुर जिसी, इन्सेपक्टर त्रय जगदीश भट्ट, एकिन्द्र खड्का, गणेश सापकोटा, सईहरू रामसिंह धामी सहित अन्य चार जना, हवलदार तीन जना र पाँच जना सिपाही पनि रहेका छन् ।

कञ्चनपुरको भिमदत्त नगरपालिका–२, उल्टाखामाकी १३ वर्षीय निर्मलाको गत साउन १० गते बलात्कार पछि हत्या भएको थियो ।

प्रकाशित समय २०७५ पुस ७ गते शनिवार १८:४६ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु