गृहपृष्ठ पोखराबाट दिल्ली हिडेको बस दुर्घटना, चालकको मृत्यु

पोखराबाट दिल्ली हिडेको बस दुर्घटना, चालकको मृत्यु

पोखराबाट दिल्लीका लागि प्रस्थान गरेको नेपाल-भारत मैत्री बस शनिबार बिहान दुर्घटना हुँदा बस चालक गोपालबहादुर ठकुरीको घटनास्थलमै मृत्यु भएको छ। 

प्रहरीका अनुसार विपरीत दिशाबाट तीव्र गतिमा आएको ट्रकले बसलार्इ ठक्कर दिँदा दुर्घटना भएको हो। चालक ठकुरीको घटनास्थलमा नै मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ।

बिहान बाक्लो कुइरो लागेकै कारण बसका चालकले विपरित दिशाबाट आफूतिर सोझै आइरहेको ट्रकलाई नदेखेको हुनसक्ने अनुमान गरिएको छ। ठक्कर दिने ट्रकका चालक घटनापछि भागेका छन्। 

प्रकाशित समय २०७५ पुस ७ गते शनिवार १९:५५ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु