गृहपृष्ठ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नयां दुई ‘पार्किङ वे’ थपिदै

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नयां दुई ‘पार्किङ वे’ थपिदै

काठमाडौं: काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उत्तरपूर्वतर्फ र दक्षिण क्षेत्रमा ५-५ वटा विमान अट्ने गरी २ वटा ‘पार्किङ वे’ निर्माण भईरहेको छ । विमानस्थल विकास कोष को एक अर्ब ६ करोडको लागतमा ‘रिमोट पार्किङ वे’ र ‘पार्किङ वे’ निर्माण भैरहेको विमानस्थल ले जानकारी दिएको छ ।

निर्माणाधीन उक्त ‘पार्किङ वे’ अबको ५ महिनामा निर्माण सम्पन गरि संचालनमा ल्याउने विमानस्थलको लक्ष्य रहेको छ । निर्माणाधीनमध्ये उत्तरपूर्वतर्फको ‘रिमोट पार्किङ वे’ निर्माणमा ४७ करोड र दक्षिणपश्चिमतर्फको ‘पार्किङ वे’ निर्माणमा रु ५९ करोड खर्च हुने विमानस्थलले बताएको छ ।

विमानस्थलका अनुसार उत्तरतर्फ २ वटा वाइड बडी जहाज र ३ वटा साना ९ एटीआर जहाज तथा दक्षिणपच्क्षिमतर्फ २ वटा वाइड बडी र ३ वटा एटीआर जहाज राख्न सकिने छ ।

विमानस्थलबाट तीनवटा नेपालीसहित ३१ वटा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

कात्तिक ३०, २०७५ मा प्रकाशित

प्रकाशित समय २०७५ कात्तिक ३० गते शुक्रवार १५:०० बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु