गृहपृष्ठ नेपाली तेल अब भारतीय बजारमा निर्यात

नेपाली तेल अब भारतीय बजारमा निर्यात

काठमाडौं: नेपाल भित्र उत्पादन भएको तेल एक दशकपछी फेरी भारतीय बजारमा निर्यात सुरु भएको छ । नेपाली तेल उद्योग उत्पादन गरेको ‘पाप आयल’ खाने तेल भारतीय बजारमा निर्यात गर्न सुरु गरिएको हो ।

नेपाली तेल उधोगले उत्पादन गरेको खाने तेल एक दशक अघि भारतीय बजारमा निर्यात हुन्थ्यो तर भारतीय सरकारले नयाँ करदर लागु गरेपछि नेपाली उद्योगहरुले भारतमा तेल निर्यात गर्न छाडेका थिए ।

भारतले फेरी निर्यातको लागि अनुमति दिएपछि नेपाली तेलले भारतीय बजार पाउन सफल भएको हो । अनुमति पाएपछि अहिले सम्म ५ लाख ४८ हजार १ सय ३९ किलोग्राम तेल भारतमा निर्यात भएको वीरगन्ज भन्सारली जानकारी दिएको छ । आजको नागरिक दैनिकले खबर छापेको छ ।

मङ्सिर २, २०७५ मा प्रकाशित

प्रकाशित समय २०७५ मंसिर २ गते आइतवार ०७:०१ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु