गृहपृष्ठ यातायातमा दर्ता नभएका ९७ प्रतिशत गाडी अबैध

यातायातमा दर्ता नभएका ९७ प्रतिशत गाडी अबैध

काठमाण्डौ: आगामी पौष १ गतेदेखि यातायातमा दर्ता नभएका ९७ प्रतिशत सार्वजानिक गाडीहरू अबैध हुने भएका छन् । यातायात व्यवस्था विभागले दिएको तथ्याङ्क अनुसार आहिले सञ्चालनमा आएका ४ लाखभन्दा बढी गाडीमध्ये जम्मा ७ हजार मात्रै यातायात कार्यालयमा सूचिकृत भएका छन् ।

कम्पनीका रूपमा यातायात कम्पनीमा दर्ता मात्रै गर्ने तर यातायात कार्यालयमा सूचिकृत नभएका गाडीको रुट परमिट खारेज हुन लागेको हो ।

saarbajanik yatayat

पौष १ गतेदेखि यातायातमा सूचिकृत नभइ समितिका तर्फबाट सञ्चालन हुँदै आएका सबै गाडीहरूलाई सरकारले नियन्त्रणमा लिने पनि विभागले जनाएको छ ।

प्रक्रियामा नआउनेहरूलाई समय थप गर्ने वा नगर्ने भन्ने बारे अहिलेसम्म कुनै छलफल नभएको विभागले जनाएको छ । यातायातमा सिन्डिकेटको अन्त्य गर्न सरकारले कार्यालयमा सूचिकृत हुन मंसिर मसान्तसम्मको समय दिएको थियो तर तोकिएको समयसम्ममा सूचिकृत हुने गाडीको संख्या नगन्य रहेको पाइएको छ ।

यसै गरी सरकारले दिएको समयमा दर्ता हुन नसकेका यातायात व्यावसायीहरू अन्योलमा देखिएका छन् । उनीहरू अब के गर्ने भन्ने बारेमा छलफलमा जुटेका छन् ।

मङ्सिर २७, २०७५ मा प्रकाशित

 

भिडियो हेर्नुहोस् 

प्रकाशित समय २०७५ मंसिर २७ गते बिहीवार १६:१२ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु