गृहपृष्ठ बिकेन्द्रित नहुँदा कर्मचारीको अभाव

बिकेन्द्रित नहुँदा कर्मचारीको अभाव

सुजन देवकोटा-
काठमाडौं: देशमा संघीयता लागू भएको करिब एक वर्ष पुग्न लाग्यो । जनताले अझै पनि सहज रूपमा कार्य सम्पादन भएको पाउन सकेका छैनन् । केन्द्रीय स्तरका कर्मचारीहरू प्रदेशमा जान नमानेका कारण कर्मचारी अभाव भएको लोकसेवा आयोगले जनाएको छ ।

संघीयता कार्यान्वयनमा आएसँगै अब देशैभरी कति कर्मचारीको आवश्यकाता पर्छ भन्ने कुराको तत्थ्याङ्क लोकसेवा आयोगले संकलन गरिरहेको बताएको छ ।

यसअघि असोजको अन्तिम बुधबारदेखि बिज्ञापन खुलाउँदै आएको आयोगले यो वर्ष भने दुई महिना ढिला गरी आगामी मंसिर अन्तिम बुधबारदेखि बिज्ञापन खुलाउन लागेको छ । सरकारकै आग्रहमा यो वर्ष दुई महिना ढिला विज्ञापन निकाल्न लागेको आयोगले जनाएको छ ।

मङ्सिर २, २०७५ मा प्रकाशित

प्रकाशित समय २०७५ मंसिर २ गते आइतवार १६:५९ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु