गृहपृष्ठ विज्ञापनको तयारीमा रहेको आयोगको कार्यक्रम स्थगित

विज्ञापनको तयारीमा रहेको आयोगको कार्यक्रम स्थगित

सुजन देवकोटा:

काठमाडौं: आगामी मंसिर २६ गते विज्ञापन खुलाउने गरी नयाँ कार्यतालिका सार्वजानिक गरिसेको लोकसेवा आयोगले अन्ततः तत्कालका विज्ञापन नखुलाउने भएको छ । कर्मचारी समायोजन प्रक्रियाका कारण आयोगले तोकिएको समयमा विज्ञापन खुलाउन नसक्ने जनाएको छ ।

संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न कम्तीमा तीन महिना लाग्ने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । सरकारले तीनै तहमा कर्मचारी समायोजन गर्ने उद्देश्य सहित अध्यादेशलाई स्वीकृत गरी प्रमाणीरणका लागि राष्ट्रपतिसमक्ष पेश गरिसकेको छ । तीन तहमा कर्मचारी समायोजन गरिसकेपछि संघमा कति कर्मचारीको आवश्यकता पर्छ सोही अनुसार मात्रै विज्ञापन खुल्ने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

लोकसेवा आयोगको
लोकसेवा आयोगको भबन

आयोगले यसअघि २६ मंसिरमा निजामती सेवाका अप्राविधिक र प्राविधिकतर्फका सहसचिव, उपसचिव र शाखा अधिकृतको परीक्षाको विज्ञापन गर्ने तयारी गरिसेको थियो । आयोगले विज्ञापन खुलाउने भनेको दिनतिर बल्ल कर्मचारी समायोजन प्रक्रिया सुरु हुने भएकाले परीक्षाको मिति पर सर्न लागेको सामान्य प्रशासन मन्त्रालय स्रोतले जनाएको छ । लोकसेवा आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग रिक्त दरबन्दीको विवरण पठाउन बारम्बार पत्राचार गर्दै आएता पनि मन्त्रालयले भने कर्मचारी समायोजनपछि मात्रै ठेट तत्थ्याङ्क आउने भन्दै विवरण पठाएको छैन ।

राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि अहिले केन्द्रमा रहेका ८९ हजार कर्मचारीलाई तीनवटै तहमा समायोजन गरिने छ । अध्यादेश जारी भएसँगै केन्द्रीय लोकसेवा आयोगले प्रदेश र स्थानीय तहका कर्मचारीका लागि परीक्षा लिन पाउने छैन । त्यस्ता क्षेत्रका लागि अब प्रदेश लोकसेवा आयोगले नै आवश्यक पदपूर्ति गर्नुपर्ने छ । केन्द्रीय सरकारले यस अघि नै तीनवटै संरचनामा आवश्यक कर्मचारी दरबन्दीको टुङ्गो लगाइसकेको छ । जसअनुसार केन्द्रमा ४५ हजार ८५८, प्रदेशमा २१ हजार ३९९ र स्थानीय तहमा ५७ हजार कर्मचारीको आवश्यकता देखिएको छ । सरकारले निकालेको उक्त दरबन्दी र अहिले कायम रहेका कर्मचारीको अन्तर करिब १५ हजारको रहेको छ । यसैलाई आधार मान्ने हो भने १५ हजार दरबन्दीमा आयोगले विज्ञापन खुल्ला गर्नुपर्ने छ ।

मङ्सिर २४, २०७५ मा प्रकाशित

हाम्रो भिडियो हेर्नुहोस् 

प्रकाशित समय २०७५ मंसिर २४ गते सोमवार १५:०५ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु