गृहपृष्ठ यसरी बित्नेछन् योगी आदित्यनाथका पाँच घण्टा

यसरी बित्नेछन् योगी आदित्यनाथका पाँच घण्टा

विबाह पञ्चमीका अवरमा जन्ती बनेर नेपालको जनकपुरमा आउन लागेका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ बुधबार १०ः३० बजे निजी विमानबाट जनकपुर उत्रने छन् ।

त्यसपछि उनले आधा घण्टासम्म जानकी मन्दिरमा पूजा आजा गर्नेछन् । साढे ११ बजे मुख्यमन्त्री कार्यालय पुग्ने उनलाई मिथिला परम्परा अनुसार स्वागत गरिने छ भने १२ बजे मुख्यमन्त्री कार्यालयमा नै आयोजना गरिने दिवा भोजमा आदित्यनाथ सहभागी हुनेछन् ।

त्यसपछि राजनीतिक भेटघाट तथा छलफलमा सहभागी भई उनले साढे १ बजेसम्म त्यहीँ बिताउने छन् । २ बजे बाह्रबिघामा सम्पन्न हुने राम जानकीको स्वयंबरमा सहभागी हुने योगी ३ बजे लखनउ फर्कने छन् ।

मङ्सिर २५, २०७५ मा प्रकाशित

प्रकाशित समय २०७५ मंसिर २५ गते मंगलवार १७:०९ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु