गृहपृष्ठ दैलेखमा शिक्षकको कुटाइबाट बिधार्थीको खुट्टा भाचियो

दैलेखमा शिक्षकको कुटाइबाट बिधार्थीको खुट्टा भाचियो

दैलेखमा शिक्षकको कुटाइबाट एक विधार्थीको खुट्टा भाचिएको छ ।  दैलेखको गुरुकुल विधापिठमा शिक्षकको कुटाइबाट बिधार्थीको खुट्टा भाचिएको हो ।

दुल्लु नगरपालिका नाभिस्थानमा संचालित पन्चकोसी बिध्याश्रममा अध्यापन गराउदै आएका शिक्षक खगेन्द्र बजगैको कुटाई बाट सोहि स्कुलमा अध्यननरत १३ बर्से बालक सुरेन्द्र हमालको खुट्टा भाचिएको हो ।

बजगैले सुरेन्द्रलाई दिएको गृहकार्य नगरेको भन्दै कुटेको पिडित बालकले बताएका छन् ।

बालकका अभिभावकले घटना थाहा पाउने डरले चोट लाग्दा पनि शिक्षक बजगाईले उपचारका लागि जान दिएका थिएनन् । सुरेन्द्रसंगै पढ्ने नवराज खनालको सहयोगमा विधास्रामबाट भाग्न सफल भएपछि यो घटना बाहिर आएको हो ।

सुरेन्द्रको दुल्लु अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि नेपालगन्ज लागिएको छ । आजको अन्नपूर्ण दैनिकले खबर छापेको छ ।

प्रकाशित समय २०७५ पुस ४ गते बुधवार १५:१९ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु