गृहपृष्ठ सरकार र गोबिन्द केसी बिच भएको सम्झौता पुरा हुन्छ- पोखरेल

सरकार र गोबिन्द केसी बिच भएको सम्झौता पुरा हुन्छ- पोखरेल

काठमाडौं: शिक्षा बिज्ञान र प्रबिधिमन्त्री गिरिराजमणि पोखरेलले सरकार र डा गोविन्द केसी बीच भएको सम्झौता पुरा हुने बताएका छन ।

सिंहदरबारमा संघिय संसद अन्तर्गतको शिक्षा तथा स्वास्थ्य उपसमितिको बैठकमा अधिकांश सांसदले सरकार र डा सम्झौता लागु हुने या नहुने भनि प्रश्न उठाएपछि त्यसको जबाफ दिदै मन्त्रि पोखरेलले भएको सम्झौता अनुसार नै काम हुने बताए ।

पोखरेलले केसी र सरकार बीच भएको संझौतामा कसैले पनि शंका नगर्न पनि आग्रह गरेका छन् ।

सरकारले गोबिन्द केसी संग चिकित्सा विधेयकमा ९ बुँदे सहमति गर्दै चिकित्सा विधेयक निर्माण गर्दा केसीको सबै सुझाव समेट्ने सम्झौता गरेको थियो ।

मङ्सिर ९, २०७५ मा प्रकाशित

प्रकाशित समय २०७५ मंसिर ९ गते आइतवार १६:२५ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु