गृहपृष्ठ संसद भबन भित्रै सांसदहरू बिच कुटाकुट

संसद भबन भित्रै सांसदहरू बिच कुटाकुट

एजेन्सी: श्रीलंकामा संसद भबन भित्रै सांसदहरू बिच कुटाकुट भएको छ । रास्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका महिन्दा राजपाक्षले आफुलाई ध्वनीमत बाट हटाउने अधिकार सभामुखसँग नभएको बताएपछी सासदहरु बीच बिबाद हुदा भबन भित्र नै कुटाकुट भएको हो ।

राष्ट्रपति सिरिसेनाले अक्टोबर २६ मा विक्रमासिंघले अपदस्थ गरेपछि श्रीलंकामा राजनीतिक संकट उत्पन्न भएको थियो । संसदमा राजपक्षेले महत्वपूर्ण विषयमा ध्वनीमतका आधारमा फैसला गर्न नहुने भन्दै मतदान हुनुपर्ने माग गरेका थिए बिहिबार बसेको संसद बैठकमा विरोधी दलका सांसदहरुबीच कुटपिट भएको हो ।

संसद भबन भित्र भएको झडपमा सांसदहरुले एक आपसमा कुर्सि, पानीका बोत्तल, किताप, रबिस बक्स आदिले हानाहान गरेका थिए ।

कात्तिक २९, २०७५ मा प्रकाशित

प्रकाशित समय २०७५ कात्तिक २९ गते बिहीवार ०९:५७ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु