गृहपृष्ठ अमेरिकाले घोषणा गरेको सुरक्षा सहयोगमा रोक

अमेरिकाले घोषणा गरेको सुरक्षा सहयोगमा रोक

संयुक्त राज्या अमेरिकाले पाकिस्थानलाई दिने घोषणा गरेको सुरक्षा सहयोगमा रोक लगाएको छ । पाकिस्थानले अमेरिकी सहयोगको बदलामा केहि पनि नदिएको भन्दै दिदै आएको अर्बौ डलरको सहयोग अमेरिकाले रोक लगाएको हो ।

अमेरिकी रक्षा मन्त्रालयका प्रबक्त्ता कर्णेल रब म्यानीङले पाकिस्तानलाई दिदै आएको १.६६ अर्बको अमेरिकी डलर सुरक्षा सहायता बन्द गरिएको जानकारी दिएका छन् । रास्ट्रपति ट्रंपले सोमबार सामाजिक संजाल ट्वीवर मा अमेरिकाले पाकिस्तानलाई सुरक्षा सहायता दिदा पनि केहि गर्न नसकेको भनि निराशा ब्यक्त गरेका थिए ।

उपमन्त्री डेभिड सिङ्निले छिमेकी संग आतंक फैलाउने समुहलाई रोक्न कुनै कदम नउठाउने र पाकिस्तानका नेताहरुले सधै प्रतिबद्धता मात्र जनाउने तर कार्यान्वयन गनेकोमा अमेरिका पाकिस्तान संग रुष्ट भएको बताए ।

मङ्सिर ६, २०७५ मा प्रकाशित

प्रकाशित समय २०७५ मंसिर ६ गते बिहीवार ०८:३४ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु