गृहपृष्ठ मलाई नोबेल पुरस्कार चाहिदैन- इमरान खान

मलाई नोबेल पुरस्कार चाहिदैन- इमरान खान

पाकिस्तान प्रधानमन्त्री इमरान खानले बिस्व शान्ति नोबेल पुरस्कारको आफु योग्य नरहेको बताएका छन् ।

सामाजिक संजाल मार्फत खानले उक्त कुरा बताएका हुन् । केहि साता अघि कश्मिरको पालुवामा लडाकु समुहले बिस्फोटनमा ४६ जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको थियो । उक्त क्षेत्रमा विस्फोटन गरेको आशंकामा भारतीय सैनिकले पाकिस्तानको सीमावर्ती क्षेत्रमा मंगलबार सैनिक कारबाही गरेका थिए ।

भारतीय विङ कमाण्डर अभिनन्दनलाई फिर्ता गरेर विश्वमा नै शान्तिको संदेश दिएका इमरानले तत्काल भारत र पाकिस्तानको तनाव अन्त्य गरेको भन्दै उनलाई नै नोबेल पुरस्कार दिन माग गरिएको थियो ।

उक्त कुरा संचार माध्यममा चर्चा भैरहदा इमरानले आफु त्यसको योग्य नभएको भन्दै उनले दीर्घकालीनका लागि जसले कास्मिर मुद्दा हल गर्छ त्यसैलाई नै नोबेल पुरस्कार दिन योग्य हुने उनको तर्क रहेको छ ।

प्रकाशित समय २०७५ फागुन २० गते सोमवार २१:४६ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु