गृहपृष्ठ राष्ट्रपतिको गाडीका बिषयमा कांग्रेस–एमाले सांसदबीच चर्काचर्की

राष्ट्रपतिको गाडीका बिषयमा कांग्रेस–एमाले सांसदबीच चर्काचर्की

काठमाडौं: राष्ट्रपतिको गाडी खरिद प्रकरणको बिषय लिएर संसदीय समितिमा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस का सांसदहरु बिच चर्काचर्की भएको छ ।

सार्वजनिक लेखा समितिको बुधुबारको बसेको बैठकमा सांसदहरु बिच चर्काचर्की भएको हो ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसादहरुले रास्ट्रपतिको गाडी खरिद प्रकरणको बिषय समितिमा छलफल गर्नुपर्ने माग राखेपछि सत्तारुढ दल नेकपा का सांसदहरुले त्यसको प्रतिकार गरेका थिए । उनीहरुले रास्त्रपतिको बिषय संसदीय समितिमा ल्याउनुले समितिमा काम गर्न नदिने खेल भएको आरोप लगाएपछि उहिहरु बीच चर्काचर्की भएको हो ।

राष्ट्रपति बिध्यादेबी भण्डारीलाई १८ करोडको गाडी खरिद गर्न सरकारले बजेट छुट्याएपछी त्यसै बिषयलाई लिएर सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदहरुबीच चर्काचर्की  भएको हो ।

मङ्सिर २७, २०७५ मा प्रकाशित

प्रकाशित समय २०७५ मंसिर २७ गते बिहीवार ०३:०८ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु