गृहपृष्ठ भारतबाट बालक अपहरण गर्ने ३ प्रकाउ, नेपाल प्रहरीले यसरि गर्यो बालकको उद्दार

भारतबाट बालक अपहरण गर्ने ३ प्रकाउ, नेपाल प्रहरीले यसरि गर्यो बालकको उद्दार

झापा: भारतमा ७ बर्षिय एक बालक अपहरण गरेको आरोपमा ३ नेपाली प्रकाउ परेका छन् । अपहरण गरेको आरोपमा झापा गौरीगन्ज गाउँपालिका ६ खजुरगाछी बद्दी यादव, श्रीप्रसाद मुखिया र अन्जुदेवी मुखिया रहेको प्रहरीले बताएको छ ।

उनीहरुलाई जिल्ला प्रहरी चन्द्रगढीले बुधबार पत्रकार सम्मेलन गरेर सार्बजनिक गरेको हो । उनीहरु भारतीय व्यक्तिको सहयोगमा उक्त भारतको सुपोल जिल्ला किसनपुरका को जिल्लाका मोहम्मद  सदामका ७ बर्षिय छोरा महफुज अलामलाई अपहरण गरेको प्रहरी प्रमुख भीमप्रसाद ढकालले जानकारी दिएका छन् ।

उनीहरुले उक्त बालकलाई अन्य दुई भारतीय नागरिकको सहयोग मा मङ्सिर २० गते ललाइफकाई मोटरसाइकलमा राखेर नेपाल ल्याएका थिए बालकलाई अपहरण गरेर उनीहरुले बालकको परिवालाई भारतीय १५ लाख रुपैयाँ फिरौती माग गरेका थिए ।

यसरि होटेलमा बालकलाई बन्धक बनाएर राखेको अबस्थामा नेपाल प्रहरीले उक्त बालकलाई उद्दार गर्न सफल भएको छ ।पक्राउ परेका तिनै जनालाई बुधबार जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको प्रहरी प्रमुख ढकालले जानकारी दिएका छन् ।

मङ्सिर २७, २०७५ मा प्रकाशित

प्रकाशित समय २०७५ मंसिर २७ गते बिहीवार ०९:३० बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु